Author: सूचनापाना

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्व २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्व १४ करोड १ लाख अर्थात ६१.६६ प्रतिशत विनियोजन भएको छ । वित्तिय व्यवस्था तर्फ ५० करोड अर्थात १.३९ प्रतिशत विनियोजन भएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए । सरकारले आगामी वर्ष स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा २ अर्व ११ करोड १० लाख दिनेछ भने १ करोड ८८ लाख संचित कोषमा व्ययभार हुने अनुमान छ ।…

Read More

जनकपुधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् । त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत छ । त्यसैगरि, वित्तीय व्यस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शुन्य दशमलव ३५ प्रतिशत रहेको छ । चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४…

Read More

गणतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न, पाँच पाँच वर्षमा ताजा जनादेश लिने आधार भनेकै निर्वाचन हो । निर्वाचन प्रणाली सर्वमान्य व्यवस्था हो । यस्तै क्रममा पुनः स्थानीय तहको निर्वाचन सम्पन्न भइ मतपरिणाम सार्वजनिक भइ नवनिर्वाचित पदाधिकारीहरुले शपथग्रहण गरी पद बहाली भइसकेका छन् । निर्वाचन भन्दा अगाडि मतदाताहरुसँग आपूmलाई मतदान गर्नका लागि के के आधार तय गरेर मतदाता सामु पुग्नु भएको थियो । सम्झिदै हुनुहुन्छ कि विर्साइसक्नु भयो ? दैनिक रोजीरोटीको पिरलोले तड्पिनु पर्नेहरुलाई निर्वाचन “कागलाई बेल पाक्यो हर्ष न विष्मात” होला । जो स्थानीय तहको छोटे राजाको शान, शौकातमा बसे । उनीहरुलाई स्थानीय निर्वाचन महाकुम्भ मेला सावित होला । संविधानले व्यवस्था…

Read More

हेटौंडा । प्रहरीले १६ किलो गाँजासहित मकवानपुरकाे हेटाैंडाबाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १६५६ को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले बताए ।

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले यस्तो बताएका हुन् । त्रिभुवन विमानस्थलले आगामी दिनमो यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको उनको भनाइ थियो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे । नेपाल नागरिक उड्डयन…

Read More

काठमाडौं । सरकारले विवाहको उमेर घटाउने तयारी गरेको छ। प्रचलित कानुनअनुसार विवाहको उमेर २० लाई घटाएर १८ मा झार्ने तयारी गरेको हो। बुधबार संसदमा सांसदहरूले विवाहको उमेरबारे प्रश्न गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कानुनमा संशोधन गर्न प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन्। उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ। १८ वर्षमा भोट हाल्न पाउँछ। २० वर्षमा विवाह भन्ने कानुन छ। त्यसैले विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ।’

Read More

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश…

Read More

कोलम्बो । श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै सरकारले वैदेशिक रोजगारीमा जान चाहने सरकारी कर्मचारीलाई पाँच वर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले केही दिनअघि आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए । विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम…

Read More

काठमाडौं । सरकारले आज देखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। बुधबारबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ। जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिने बिदा र बिहान ९ बजेदेखि बेलुका साँढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय कार्यान्वयन गर्न जटिल र अव्यवहारिक भएको भन्दै सरकारले यो निर्णय खारेज गरेको हो। सोही निर्णय खारेज भएसँगै असार १ देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खुल्ने गृह मन्त्रालयले जनाएको छ।

Read More

सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा…

Read More