काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ । अमेरिकाले सैन्य सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेपाली सेनाले स्पष्टीकरण दिएको हो ।
सेनाले त्यसखालको सम्झौता भविष्यमा पनि गर्ने कुनै प्रक्रिया नभएको बताएको छ । सेनाले हिजो राति एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारहरुमा सेनाको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
‘एसपिपी सम्बन्धी कुनै सम्झौता वा समझदारी अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ सेनाको विज्ञप्तिमा उल्लेख छ । साथै नेपाली सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कसैसँग पनि गर्न नहुनेमा सदैव प्रष्ट र सचेत रहेको पनि प्रष्ट पारेको छ ।
यसै विषयलाई लिएर अमेरिकि राजदुतावास ले २०१९ मा नै नेपाललाई एसपीपीको सदस्यता लिएको बताएको छ। नेपाली सेनाले एसपीपी नलिएको र नलिने भन्दै प्रेस विज्ञप्ती नै जारी गरिसकेको छ । तर अमेरिकाले भने जवरजस्ती रुपमा २०१९मानै पारित भैसकेको खुलासा गर्दै आएको छ।
त्यसैगरी नौ राजनितिक दलहरु नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कन्चन, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पाल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी, नेकपा (मसाल) केससका संयोजक सन्तबहादुर नेपाली र जनसमाजवादी मञ्च, नेपालका संयोजक गम्भीरलगाएतले हस्ताक्षर गरी एसपीपी कडा विरोध ग्रेकाछन् । विरोधको कार्यक्रमको स्वरुप आज दिउसो १ बजे क्रान्तिकारी माओवादीले शान्तिबाटिकामा भेलाभई दरबारमागै स्थित एमसीसीको कार्यलय घेराउ गर्ने क्रान्तिकारी माओवादीले जनाएको छ।