Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्त्री र सचिवलाई भरतपुरमा उतारेर प्रचण्डले गरे आगामी कार्यदिशाबारे अन्तरक्रिया

    मन्त्री र सचिवलाई भरतपुरमा उतारेर प्रचण्डले गरे आगामी कार्यदिशाबारे अन्तरक्रिया

    By सूचनापाना३ असार २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    चितवन –  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र- ३ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्री र सचिवलाई ल्याएर समृद्ध भरतपुरको लागि आगामी कार्यदिशाबारे अन्तरक्रिया गरेका छन् । स्थानीय तहको निर्वाचन अगाडि पनि प्रचण्डले भरतपुरको विकासका लागि मन्त्री र सचिवहरुलाई भरतपुरमा उतारेर अन्तरक्रिया गरेका थिए ।

    SuchanaPana.com

    शुक्रबार ऊर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतलाई उतारेर भरतपुरको कार्यदिशाबारे अन्तरक्रिया गरेका हुन् ।

    कार्यक्रमको आयोजना भने भरतपुर महानगरपालिकाले गरेको हो । आगामी संघीय निर्वाचनमा पनि चितवनबाटै उठ्ने तयारी गरेका प्रचण्डले सिंगै देशलाई चितवनबाट विकासको मोडल दिन सकिने बताएका छन् । 

    ‘आफैँ जन्मे हुर्केको जिल्लाबाट जनप्रतिनिधि बन्न आउँदा केहि सपना बोकेर आएको पक्कै हो’, उनले भने, ‘भरतपुर र चितवन भनेर मात्रै बोकेको होइन । सामाजिक विकास र रुपान्तरण मोडल चितवनबाट दिन सकिन्छ भन्ने छ ।’ चितवनले राष्ट्रलाई राम्रो सन्देश दिन सक्ने भन्दै उनले मकवानपुरदेखि नवलपरासीसम्मको क्षेत्रको विकासका लागि विकास प्राधिकरण गठन गर्ने विषयमा छलफल भइरहेको बताए ।

    भरतपुरले अब उत्पादन र रोजगारीलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले पिच बाटो निर्माण गर्ने कामलाई अब पहिलो प्राथमिकतामा राख्न नहुने बताए । आम जनतालाई सामाजिक सुरक्षा र सामाजिक न्यायको प्रत्याभूति हुने गरी काम गर्न उनले भरतपुर महानगरमा निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

    जनप्रतिनिधिको पहिलो कार्यकालमा भौतिक पूर्वाधार र यातायात विकासलाई प्राथमिकता दिइएकोमा धेरै हदसम्म सफलता प्राप्त भएको उनले बताए । धुलोधुँवाबाट जनताको ज्यान जान सक्ने अवस्थाको अन्त्य भएको उनले दाबी गरे ।

    संघीय बजेट तथा नीति कार्यक्रम बनाउँदा पनि कृषिजन्य उत्पादनलाई प्राथमिकता दिन खोजिएको उनले बताए । कृषि क्षेत्रमा पर्ने गरेको बजेटको परम्परागत हिस्सालाई अहिले परिवर्तन गर्ने कोसिस गरिएको उनले दाबी गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.