काठमाडौं । सरकारले आज देखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ।
बुधबारबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ। जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिने बिदा र बिहान ९ बजेदेखि बेलुका साँढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय कार्यान्वयन गर्न जटिल र अव्यवहारिक भएको भन्दै सरकारले यो निर्णय खारेज गरेको हो।
सोही निर्णय खारेज भएसँगै असार १ देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खुल्ने गृह मन्त्रालयले जनाएको छ।