Author: सूचनापाना

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्ने ५६ वर्षीय डल्ले कामी रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो । २०७७ साल मंसिर २३ गते उच्च अदालत पाटनको फैसलाले उनलाई १० लाख ५० हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरे भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताएका छन्। मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुको जोड छ । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले मुलुकलाई चाहिने चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गरे। मलको हाहाकार…

Read More

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको प्रदेश सभा सदस्यले उठाएको प्रश्नको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएपछि बहुमतले पारित भएको हो । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत जेठ २४ गते शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारमा जोड दिँदै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । योसँगै आगामी असार १ गते आगामी आवको बजेट ल्याउने बाटो खुला भएको छ । संघीयता कार्यान्वयनसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममाथि…

Read More

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पार्वता डिसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली काँग्रेसको आलोचना भएको बताएकी छन् । संसदमा नेकपा एमालेले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन् । किसानहरु मल नपाएर छटपटाइ रहेका बेला कृषिमन्त्री भने भारत भ्रमणमा निस्किएको भन्दै उनले गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री नबनाउँदा सरकार र काँग्रेसकै बेइज्जत भएको बताइन् । रोष्टमबाट कृषि मन्त्रीतर्फ हेर्दै सांसद चौधरीले भनिन्, ‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो । यो सबै तपाईँहरू जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो…

Read More

रामेछाप । जिल्ला समन्वय समितिका समन्वय प्रमुख चिना खड्का (कार्की)ले पदभार ग्रहण गर्दै जिल्लाको सबै कार्यलयमा प्रभावकारी समन्वयको भूमिकानिर्वाह गर्ने बताएकी छिन् । सोमबार पदभार ग्रहण गर्दै प्रमुख कार्कीले जिल्लाको समग्र विकासका लागी तिनै तहको सरकार संग सहकार्य गरेर काम गर्ने बताएकी छिन् । जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद लगाएत समग्र क्षेत्रको विकास र पर्यटन प्रवद्धनको लागी सबै क्षेत्र संग समन्य गरेर काम गर्ने भन्दै सबै संग सहकार्यको अपेक्षा लिएको बताइन । स्थानिय तहबाट निर्माण सम्भव नभएका ठुला योजनाहरुको निमार्णको लागी संघिय सरकार र प्रदेश सरकार संग समन्य गर्ने र स्थानिय तह र जिल्लामा रहेका बिभिन्न कार्यलयहरुलाई सहयोग गर्ने बताइन…

Read More

काठमाडौं। सांसद शेरबहादुर तामाङले औषधिको ब्राण्डका पछि दौडिदा स्वास्थ्योपचार महंगो भएकोले स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।आजको प्रतिनिधिसभाको बैठकमा सांसद लक्ष्मी परियारले दीर्घ रोगी र मृगौला पीडितहरुलाई सरकारले ल्याएको प्याकेज जनमैत्री भएको भन्दै कार्यान्वयनमा सहजता प्रदान गर्न आग्रह गरे । सांसद लक्ष्मी चौधरीले स्वास्थ्य बिमालाई व्यवस्थित पार्दै विपन्न समुदायसम्म यसको पहुँच पुग्नुपर्ने कुरामा जोड दिए । सांसद गिरिराजमणि पोखरेलले सरकार पश्चिमा चिकित्सामुखी भएको र राष्ट्रिय स्वास्थ्य प्रणालीलाई परिवर्तन गर्न नसकिएको बताए । स्वास्थ्य क्षेत्रका धेरै विषयहरु परिवर्तन हुनुपर्ने उनको धारणा छ । सांसद डा. डिला संग्रौलाले जनताले महंगो स्वास्थ्यसेवालाई थेग्न नसकेर अकालमै ज्यान गुमाउने अवस्था भएकोले यसमा…

Read More

तनहुँ । तनहुँको व्यास नगरपालिकाले गरेको कर्मचारीको बढुवा लोक सेवा आयोगले बदर गरेको छ । गत साउनमा नगरपालिकाले १८ जना कर्मचारीलाई बढुवा गरेको थियो । त्यसका लागि नगरपालिकाले ३५ औँ नगर सभाबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास भएको थियो । तर कर्मचारीको सेवा, सर्त सम्बन्धी ऐन बनाउँदा परामर्श नलिई बढुवा गरेको भन्दै आयोगले बढुवा बदर गरेको पत्र पठाएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । आयोगमा उजुरी प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा स्थलगत रुपमा निरीक्षण गर्दा आयोगको परामर्श बिना कर्मचारीको सेवा, सर्त सम्बन्धी ऐन जारी गरी बढुवा गर्ने गराउने काम कारबाही गरेको पाइएकाले…

Read More

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । अवैध भएको आशंकमा प्रशासनले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको हो । रामेछापको मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । अवैध रुपमा निकासी हुन लागेको उजुरी परेपछि प्रशासनले काठ लोड गरिएको ५ वटा ट्रक नियन्त्रणमा लिएको हो । मन्थली नगरपालिका वडा नंं २ बाट ५ वटा ट्रकमा विरगञ्ज लैजान लागिएको २ हजार ५ सय क्यूफिट काठ नियन्त्रण लिएको छ । जिल्ला प्रशासन कार्यलय…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन्। काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा देउवाले विभिन्न विषयमा कांग्रेस नेता कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन्। ‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने विश्वास दिलाए । सम्मेलन सोमबारसम्म चल्ने छ । उनले २००३ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापित नेपाल ट्रेड युनियन महासंघले श्रमिकका हकअधिकारबारे धेरै काम…

Read More

काठमाडौं । भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका–२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत…

Read More