काठमाडौं । रुस र युक्रेनबीचको युद्ध चरम उत्कर्षमा पुगेको छ ।
रुसी सेनाले पछिल्लो समय युक्रेनको सेभेरोडोनेत्स्कका सबै पुलहरु ध्वस्त बनाएको छ । जसका कारण सो शहरमा फसेका हजारौं सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन असम्भव भएको छ । पूर्वी युक्रेनको डोनबास क्षेत्र कब्जा गर्ने उद्देश्यका साथ रुसी सेनाले हप्तौंदेखि प्रयास जारी राख्दै आएको छ ।
सेभेरोडोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारणको उद्धार असम्भव भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । रुसी सेनाले सेभेरोडोनेत्स्क र नजिकैको शहर लिसिचान्स्क लगभग आफ्नो कब्जामा आएको दावी गरेको छ । सोही शहरहरु रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले ती शहरमा हालै भइरहेको युद्धलाई देशकै डरलाग्दो क्षणको संज्ञा दिनुभएको छ ।