Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » भारतमा धार्मिक प्रदर्शन चर्किँदै, उत्तर प्रदेशमा मुस्लिम नेताका घर भत्काइयो

    भारतमा धार्मिक प्रदर्शन चर्किँदै, उत्तर प्रदेशमा मुस्लिम नेताका घर भत्काइयो

    By सूचनापाना३१ जेष्ठ २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो ।

    SuchanaPana.com

    मुख्यमन्त्री आदित्यनाथका सञ्चार सल्लाहकार मृत्युञ्जय कुमारले एउटा ट्वीट गरेर डोजरले भवन भत्काउँदै गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ । भत्काइएकामध्ये दुई वटा घर शुक्रवारको प्रार्थनापछि ढुङ्गा प्रहारमा संलग्न भएको आरोप लागेका व्यक्तिको भएको बीबीसीले जनाएको छ । अर्को घर चाहिँ राजनीतिज्ञ जावेद अहमदको हो ।

    भाजपाकी पूर्वप्रवक्ता नूपुर शर्मा र भाजपाकै दिल्ली सञ्चार एकाइका प्रमुख नवीन कुमार जिन्दलले पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । भाजपाले शर्मालाई निलम्बन र जिन्दललाई पार्टीबाट निष्कासन गरेर उनीहरूको भनाइमा पार्टीको धारणा नरहेको बताए पनि विरोध प्रदर्शन रोकिएको छैन । प्रदर्शनमा चलाइएको गोली लागेर झारखण्डमा दुई जनाको ज्यान गएको छ ।

    प्रदर्शनका क्रममा उत्तर प्रदेशमा तीन सय जनाभन्दा धेरै पक्राउ परेका छन् । घर भत्काउने कदमको विपक्षी दलका नेताहरूले विरोध गरेका छन् । उनीहरूले मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले अल्पसङ्ख्यक मुस्लिम समुदायलाई तारो बनाएको आरोप लगाएका छन् । घर भत्काउने कार्यमा संलग्न प्रयागराज विकास प्राधिकरणका अधिकारीले भने ती घरहरू गैरकानुनी भएकोले मे महिनामै कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको बताएका छन् । तर पीडितहरूले भने शुक्रवारको प्रदर्शनपछि शनिवार मात्रै एकाएक घरमा सूचना टाँसिएको बताएका बीबीसीले जनाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    इन्डोनेसियाको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि

    २८ श्रावण २०८२, मंगलवार

    मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी

    २८ श्रावण २०८२, मंगलवार

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    २५ असार २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.