रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । अवैध भएको आशंकमा प्रशासनले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको हो ।
रामेछापको मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । अवैध रुपमा निकासी हुन लागेको उजुरी परेपछि प्रशासनले काठ लोड गरिएको ५ वटा ट्रक नियन्त्रणमा लिएको हो । मन्थली नगरपालिका वडा नंं २ बाट ५ वटा ट्रकमा विरगञ्ज लैजान लागिएको २ हजार ५ सय क्यूफिट काठ नियन्त्रण लिएको छ । जिल्ला प्रशासन कार्यलय मार्फत काठ नियन्त्रणमा लिइएको र काठ लैजानको लागि पूरा गर्नुपर्ने प्रक्रिया पूरा भएपछि मात्रै छोड्न जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नावय उपरीक्षक राजकुमार थिङले बताए ।
मन्थली नगरपालिका वडा नं. २ का स्थानीयको निजी जमिनमा लगाएको खयरको काठ जिल्ला बन कार्यालय मार्फत आवश्यक प्रक्रिया पुरा गरेर बेच्च अनुमति दिए पनि सार्वजनिक जग्गामा रहेको काठ समेत काटेको भनि उजुरी परेको थियो । निजी जमिनमा मात्र काठ काटिएको हो वा सार्वजनिक जग्गाको पनि काटिएको छ भनि एकिन गरेर मात्रै नियन्त्रणमा लिइएको काठमा छोडिदिने मन्थली नगरपालिका वडा नं. २ वडा अध्यक्ष सुरेन्द्र कार्कीको भनाई छ ।
डिभीजन बन कार्यालय रामेछापले भने दुःख दिने नियतले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताएको छ । काठ कटान गर्नु पहिले नै आवश्यक प्रक्रिया पुरा गरेर कटान गरिएको र काठ लैजाने बेलामा दुःख दिने नियतले अमुक ब्यक्तिले उजुरी दिएको डिभीजन बन कार्यालयका डिभीजन बन अधिकृत रामकृष्ण केजी भनाई छ ।
निजी जमिनको रुख काट्ने नाउमा सार्वजनिक जग्गाको रुख कटान गरिएको भनि उजुरी परेपछि कटान गरिएको काठ सार्वजनिक जग्गाको भएको नभएको एकीन गर्न डिभीजन बन कार्यालय र नापी कार्यालयले कटान क्षेत्रमा कर्मचारी परिचालन गरेको छ ।