काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट निर्णय गरी मन्त्री पठाएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ गराउन नमानेपछि सकस पैदा भएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले जसरी पनि पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री देउवा भने अहिले नै नयाँ मन्त्रीलाई शपथ गराउने पक्षमा छैनन् । बजेट पारित भइसकेपछि मात्रै नयाँ मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।