Author: सूचनापाना

मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुलमा क्षति पुर्‍याएको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षती पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ । अब यातायात आवत जावतमा बैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बताए। ।…

Read More

काठमाडौं । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो। आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ। सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं (प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार…

Read More

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए। यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो,’ लोसपाका एक नेताले भने, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं । त्यसका लागि सबै (काँग्रेस, एमाले र जसपा) सँग कुरा भइरहेको छ।’ ठाकुरसँगको…

Read More

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले आजदेखि नेपाल भ्रमण गर्दैछन्। चार दिने भारत भ्रमण सकेर आज अपराह्न नयाँदिल्लीबाट उनी काठमाडौँ ओर्लिने नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले अमेरिकी जनरल चार्ल्सको सद्भावना भ्रमण हुन लागेको जानकारी दिए। उनकाअनुसार काठमाडौंमा रहँदा चार्ल्सले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेट गर्ने कार्यक्रम छ। साथै माउन्टेन फ्लाइट गर्ने र काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम पनि छ। शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा सम्बोधनको कार्यक्रम पनि तय भएको सेनाले जनाएको छ। चार्ल्स जेठ २९ गते स्वदेश फर्किने…

Read More

काठमाडौं । तेह्रथुम, धादिङ, कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुमकै फेदाप गाउँपालिका–५ ईसिबुका २६ वर्षीय रबिन खापुङको मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको हो । चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यस्तै, धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा बुधबार राति ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख…

Read More

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ । कृषि तथा पशुपालन र उत्पादनमूल समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् । कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्मे ६ हजार ५ सय ९७ को परिक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३…

Read More

धनगढी – हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् । हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी गरेका व्यक्तिमाथि मुद्दा चलाई घटनाको छानबिन गर्ने सहमतिपछि आफन्त पोस्टमार्टम गरेर शव बुझ्न तयार भएका प्रहरीले जनाएको छ । जेठ १७ गते रातिदेखि हराएका १५ वर्षीय किशोर विनोद शाही जेठ २१ गते घरभन्दा आधा घण्टाको दूरीमा मृत अवस्थामा भेटिएका थिए । किशोरलाई मारेको आशङ्कामा आफन्तले शङ्कास्पद व्यक्तिको किटानीसहित जाहेरी दिन खोज्दा प्रहरी निवेदनसमेत बुझ्न नमानेपछि आफन्तले शव बुझ्न मानेमा थिएनन् । तर, मंगलबार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको र किटानी गरिएका अन्य…

Read More

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘दारु शिविर’ गर्न सरकारलाई सुझाव दिएका छन । उनले भने- ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर राखिएको छ । त्यसलाई बजेट छुट्टाइएको छ । बरु दारु शिविर राखेको भएपनि हुन्थ्यो । स्वास्थ्यको शिविर भएपनि हुन्थ्यो’, उनले भने । बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बाँस्कोटाले सञ्चार शिविरका नाममा राखिएको बजेट अनावश्यक भएको बताए । अर्थ मन्त्रालयले बजेटमा ल्याएको प्रस्तावलाई सञ्चार मन्त्रालयले नै ‘कोल्याप्स’ गरेको भन्दै बाँस्कोटाले सञ्चार मन्त्रालयको बजेटमा चरम दुरुपयोगको सम्भावना रहेको बताए । सञ्चार मन्त्रालयले…

Read More

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले प्रत्येक वर्ष दोहोरिने मलको हाहाकार हटाउन सरकारले दीर्घकालीन उपाय खोज्नुपर्ने बताएकाछन ।वर्षैपिच्छे मलको अभाव हुँदा किसान मारमा परेको समेत उनले बताए । सरकारले मलको समस्या समाधान गर्न नसकेको प्रति उनको दुखेसो छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले वर्षौंदेखि मलको समस्या दोहोरिएको तर सरकारको काम गर्ने शैली नफेरिएको दाबी गरे। थापाले यो वर्ष किसानले आवश्यक पर्ने मल नपाउने निश्चित भएको पनि बताए। जेठ र असारमा २ देखि ३ लाख मेट्रिक टन मल चाहिनेमा कृषि मन्त्रालयले वक्तव्य निकालेर असारसम्म १ लाख ९२ हजार मेट्रिक टन आउने भनेको स्मरण गरे । संसदमा…

Read More