Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति, राति मात्रै फोहोर लैजान पाउने

    काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति, राति मात्रै फोहोर लैजान पाउने

    By सूचनापाना२७ जेष्ठ २०७९, शुक्रबार

    काठमाडौं । उपत्यकाको फोहोर ब्यवस्थापनबारे ल्याण्डफिल्ड साइटका स्थानीयसँग सहमति भएको छ । बिहीबार मध्यराति १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरूबीच सहमति जुटेको हो ।

    SuchanaPana.com

    महानगरपालिका र सिसडोल तथा बञ्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमति भएको छ । सहमति अनुसार आजदेखि स्थानीय वासिन्दाले फोहोर विसर्जन गर्न जाने गाडीहरूलाई अवरोध गर्ने छैनन् । तर, फोहोर बोकेका गाडीहरू रातीको समयमा मात्रै ल्याण्डफिल्डसाइटमा जान पाउने छन् ।

    सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष बहादुर तामाङ र वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

    रातिमा फोहोर ब्यवस्थापनका लागि आवश्यक पूर्वाधार बत्ती जडान र बाटोको निर्माण महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ । यस्तै, सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने पनि सहमति भएको छ ।

    त्यसैगरी फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनेछ । फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था पनि एक महिना भित्रै गरिने छ । प्रभावित क्षेत्रको अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको सुझाव अनुसारका कार्यहरू कार्यान्वयन गर्ने सहमति पनि भएको छ । प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने सहमति पनि भएको छ ।

    फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौं महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने छ भने फोहोरलाई स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गर्ने जिम्मेवारी पनि महानगरपालिकाले पूरा गर्ने छ ।

    यसअघि शहरी विकास मन्त्रालयको रोबहरमा भएको सहमतिलाई स्थानीय वासिन्दाले नमानेपछि फोहोर ब्यवस्थापन रोकिएको थियो ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.