Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति, राति मात्रै फोहोर लैजान पाउने

    काठमाडौंको फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति, राति मात्रै फोहोर लैजान पाउने

    By सूचनापाना२७ जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । उपत्यकाको फोहोर ब्यवस्थापनबारे ल्याण्डफिल्ड साइटका स्थानीयसँग सहमति भएको छ । बिहीबार मध्यराति १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरूबीच सहमति जुटेको हो ।

    SuchanaPana.com

    महानगरपालिका र सिसडोल तथा बञ्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमति भएको छ । सहमति अनुसार आजदेखि स्थानीय वासिन्दाले फोहोर विसर्जन गर्न जाने गाडीहरूलाई अवरोध गर्ने छैनन् । तर, फोहोर बोकेका गाडीहरू रातीको समयमा मात्रै ल्याण्डफिल्डसाइटमा जान पाउने छन् ।

    सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष बहादुर तामाङ र वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

    रातिमा फोहोर ब्यवस्थापनका लागि आवश्यक पूर्वाधार बत्ती जडान र बाटोको निर्माण महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ । यस्तै, सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने पनि सहमति भएको छ ।

    त्यसैगरी फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनेछ । फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था पनि एक महिना भित्रै गरिने छ । प्रभावित क्षेत्रको अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको सुझाव अनुसारका कार्यहरू कार्यान्वयन गर्ने सहमति पनि भएको छ । प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने सहमति पनि भएको छ ।

    फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौं महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने छ भने फोहोरलाई स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गर्ने जिम्मेवारी पनि महानगरपालिकाले पूरा गर्ने छ ।

    यसअघि शहरी विकास मन्त्रालयको रोबहरमा भएको सहमतिलाई स्थानीय वासिन्दाले नमानेपछि फोहोर ब्यवस्थापन रोकिएको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.