काठमाडौं – लगातारको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ ।
बिहिबार रातिको वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि उक्त स्थानमा अस्थायी पुलको रुपमा ह्युम पाइप हालिएको थियो ।
अब इन्द्रावति र पाँचपोखरी बाट मेलम्चीमा आवत जावतका लागी मेलम्चि-१२ बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गरेका छन् ।