रामेछाप । आइतवार जिल्ला समन्वय समितिका लागि भएको मतदानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन को प्यानल विजयी भएको छ ।
प्राप्त मत परिणाम अनुसार प्रमुख की उमेद्वार चिना कार्की खड्काले ९ मत प्राप्त गर्नु भएको थियो भने उप प्रमुख सहित अन्य ७ जना सदस्यहरुले १०÷१० मत प्राप्त गर्नु भएको थियो ।
यसरी निर्वाचित हुनेहरुमा उप प्रमुखमा प्रेम बहादुर (प्रेम सागर) थापा सदस्यहरुमा, बाबुलाल योन्जन, बीर बहादुर कार्की, र अनिषा माझी, हिरा कुमारी गिरी,डम्बर कुमारी रसाइली, बिन्दा सार्की र बिक्रम थापा मगर रहनु भएको छ ।
जिससको निर्बाचन सम्पन्न भएसँगै कार्की रामेछापको इतिहासमा पहिलोपटक महिला प्रमुख बन्नु भएको हो ।
त्यसैगरी ने क पा एमाले का प्रमुखका उमेद््वार तुल प्रसाद कडेल र उपप्रमुखकी उमेद्वार सुनिता सुनुवार सहित सदस्यका उमेद्वारहरु क्रमशः भोजराज कडरिया, कृष्ण बहादुर कार्की, बाला काजी श्रेष्ठ, लाछिरी शेर्पा, सिर कुमारी श्रेष्ठ, सुमित्रा सुनुवार र उर्मिला मुग्रातीले ६÷६ मत प्राप्त गर्नु भएको थियो ।
१६ जना मतदाता मध्ये प्रमुख को १ मत बदर भएको थियो ।
निर्बाचित पदाधिकारी एबं सदस्यहरुलाई आइतवारनै मुख्यनिर्बाचन अधिकृत डा.दिवाकर भट्टले आइतवार नै पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।