Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ । राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई दिनुपर्ने बताएका हुन् । “लिमिटेड कम्पनीको सेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ,” उनले भने । संस्थापक सेयरधनी र सर्वसाधारण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष मल्लले लिमिटेड कम्पनी खोल्दा सर्वसाधारण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था हुन सके यसबाट…
लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाइ रेशम चौधरीको अबिलम्ब रिहाइको माग सहित ११ बुँदे ज्ञापन पत्र बुझाएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीको अबिलम्ब रिहाइको माग पनि गरिएको छ। पहिला तत्कालीन राष्ट्रिय जनता पार्टीमा रहेका चौधरीले अहिले श्रीमतीका नाममा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेर स्थानीय चुनाव लडिसकेका छन्। लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्ब नागरिकता दिनुपर्ने, मधेशी, थारू, आदिवासी जनजातिलगायतको सम्मान, पहिचान र अधिकारका लागि संविधान संशोधन गर्नुपर्ने, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग ज्ञापन पत्रमा राखेको…
काठमाडौं । काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् । सोमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि फोहोर विसर्जन गर्न दिनेलगायतका सहमति भएको थियो । तर आज काठमाडौंबाट फोहोर लिएर गएका महानगरपालिकाका गाडीलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले फोहोर फाल्न नदिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । सोमबार साँझ भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं…
काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर आज मंगलबारदेखि उठ्ने भएको छ। सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिसहितको सोमबारको बैठकले काठमाडौं उपत्यकाको फोहोर आज मंगलबारदेखि उठाउने निर्णय गरेको हो। सहमति पत्रमा भनिएको छ, ‘फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएको फोहोरलाई अहिल्यकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाइ लैजानका लागि जेठ २४ गतेदेखि नै फोहोर उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाउने।’ सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ। काठमाडौंमा जेठ १६ गतेदेखि फोहोर उड्न सकेको थिएन।
काठमाडौं । बर्दियामा मंगलबार बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्। ओलारी बजार राजापुर–गुलरिया जाने सडक बन्द गरेर स्थानीयले बिहान ७ बजेपछि प्रदर्शन गरेका हुन्। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले समस्या समाधानका लागि सर्वदलीय बैठक जारी रहेको जानकारी दिए। ‘समस्या समाधान गर्न हामी सघन छलफलमा छौँ,’ उनले भने। मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा सोमबार स्थानीय र प्रहरीबिच झडप हुँदा २० बर्सिया नबिना थारुको मृत्यु भएको थियो। प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको स्थानीय बासिन्दाको दाबी छ। तर प्रशासनले भने पोष्टमर्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने बताउने गरेको छ। शव पोस्टमर्टमका लागि अस्पताल लगे पनि पोस्टमर्टम हुन सकेको छैन।
काठमाडौँ । घुस लिएको आरोपमा सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टविरुद्ध विशेष अदालत काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको छ । जग्गाको हालसाबिक गर्ने क्रममा एक लाख रुपैयाँ घुस लिएको भन्दै नापी कार्यालय, चाबहिल १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक के.सी. र अमिन भट्टविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले २०७८ चैत २२ गते उनीहरूलाई नियन्त्रणमा थियो । अनुसन्धानको क्रममा केसी र भट्टले घुस लिएको देखिएकोले उनीहरू विरुद्ध मुद्दा दायर…
काठमाडौँ । सरकारले सहसचिव सर्जु कुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १२ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेकामध्ये पहिलो नम्बरमा रहेका जल तथा ऊर्जा आयोगका सहसचिव वैद्यलाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिको बैठकले पहिलो नम्बरमा सर्जु कुमार वैद्य, दोस्रो नम्बरमा राम आधार साह र तेस्रो नम्बरमा विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो ।
काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
बुटवल । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरूबिच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको निर्बाचन क्षेत्र दाङ क्षेत्र नम्बर २ मा एमाले नेता, कार्यकर्ताले सामुहिक राजिनामा घोषणा गरेका छन । एमाले घोराही नगर कमिटि सचिब इन्द्र बुढाथोकीसहित पार्टीका प्रदेश कमिटि सदस्य हेमराज बन्जाडे, धुर्बराज श्रेष्ठ भारीको उपस्थितिमा भएको समीक्षा बैठकमा जिल्लाभरि पार्टीलाई जिताउन नसकेकाले पार्टीको जिल्ला नेतृत्वले राजिनामा दिनुपर्ने कुरा जोडतोडले उठेको छ । स्थानीय तहको निर्बाचन समिक्षाकोक्रममा नेकपा एमाले दाङको पार्टी कार्यालय भरतपुरमा जम्मा भएका घोराही १५ का एमालेका इन्चार्ज, सह इन्चार्ज, वडा अध्यक्षसहित पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा गर्ने लिखित निर्णय गरेर पदबाट राजिनामा दिएका हुन । सामुहिक राजिनामा दिनेहरुमा नेकपा एमाले घोराही १५ का…