Author: सूचनापाना

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा सानु राजवंशीले अविजित रहँदै सर्वाधिक ३० रनको योगदान गरिन् । साना प्रविनले १२ रन जोड्दा आश्मा पुलामी मगर ३ तथा किरण कुमारी कुँवर २ रनमा आउट भइन् । सृष्टि जैसीले ८ रन कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा शून्य रनमा आउट भइन् । एलिशा कुमारी यादव २ रनमा अविजित…

Read More

काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा युवक र युवती गरी २ जना मृत फेला परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले सोमबार बिहान फर्पिङको जंगलमा युवक र युवती गरी २ जनाको शव फेला परेको जानकारी दिए । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उमेरले २०–२२ वर्षको देखिने दुवैको पहिचान भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद तत्काल नहटाउने भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचलित कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने बताएका हुन् । एउटा घटनालाई लिएर हदम्यादसम्बन्धी सार्वजनिक बहस सुरु हुनेवित्तिकै हदम्यादमा पुनर्विचार गर्न नसकिने उनले बताए । ‘हदम्यादका कारण न्यायबाट वञ्चित हुन नपरोस् भन्ने यहाँहरुको भावनामा सरकार गम्भीर छ । त्यसैले यो बारेमा पब्लिक डिबेट सुरु हुनेवित्तिकै सरकारले सिरिसयली लिएर नेपाल कानुन आयोगलाई यस विषयमा अध्ययन गर्न भनेको छ’ उनले भने । कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न…

Read More

एजेन्सी । युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ। आईतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे। वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ। योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो। अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ।

Read More

आर्थिक वर्ष २०७९-०८० को बजेट र विनियोजन विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल समेत हुनेछ । लामो समयदेखि यौनहिंसा र बलात्कारको विषयमा कानून संशोधन गर्ने दबाबका बीच अहिले संसदमा छलफल चलेको हो । आजकै बैठकमा कानूनमन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले समझदारीअनुसार नै मन्त्री परिवर्तन गर्न थालिएको बताए । उनले सुरु मै आलोपालो गरेर मन्त्री बन्ने समझदारी भएअनुरूप मन्त्री हेरफेर गरिएको दाबी गरे । नेता पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपालले सचिवालय बैठकको निर्णयअनुसार नै मन्त्री हेरफेर गरेको पनि उल्लेख गरे । ‘माधव कुमार नेपालले कुनै पनि निर्णय एकलौटीरूपमा लिनुहुन्न, उहाँले सबै निर्णय नीति नियममा टेकेर छलफल गरेरै मन्त्री हेरफेर गर्नुभएको छ’, नेता पाण्डेले भने । उनले मन्त्री हेरफेरलाई कारवाहीकोरुपमा नलिन पनि आग्रह गरे । मन्त्रिमण्डल गठन गर्ने बेलामै ६ महिनाका लागि भन्ने निर्णय गरेर सरकारमा सहभागी भएकाले कारवाही गरियो भन्ने भ्रममा नपर्न…

Read More

काठमाडौं ।लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृत्तिकाविरुद्ध आवाज उठाउँदै आएका घनश्याम भुसाललाई पार्टीको अनुशासन भन्दा बाहिर गएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेता भुसालमाथि कारबाही गरेसँगै पार्टीभित्र हलचल देखिएको छ । अनुशासन आयोगका अध्यक्ष समेत रहेका केशव बडालले आफै बसेको घर जलाएर खरानी लगाउँदै हिँड्न कसैलाई छुट नभएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो । एमाले नेता भुसालले आखिर पार्टीको हित विपरीत के बोले भन्ने चाँसोको विषय बनेको छ । उहाँले एमालेको सिद्धान्त र कार्यदीशाबाट विचलित ओलीको प्रयोग फेल भइसकेको बताउनुभएको थियो । उसो त एमालेभित्र नेतृत्वको गलत प्रवृत्तिका विरुद्ध बेलाबखत…

Read More

काठमाडौं । ट्याङ्की मर्मत गर्ने क्रममा काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट हुँदा दुईजना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीकाअनुसार मट्टीतेल राखेर खाली भएको ट्याङ्की वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको हो । विष्फोटमा परी घाइते भएका दुवै जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं । नेपाली सेनाको ६ दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । पोखराको विजयस्थित श्री मध्य कमान्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा पत्रकारहरूलाई समाचार सम्प्रेषण गर्न सहज होस् भनेर सेनाको सांगठनिक स्वरूप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइने छ । यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरूलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त भएका छन् । कुशल भुर्तेल र आसिफ शेख अभ्यास खेलका क्रममा चोटग्रस्त भएको नेपाल क्रिकेट संघका सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिनुभयो । नेपाल टिमका नियमित विकेटकिपर समेत रहेका आसिफको नेपाल अलस्टारविरुद्दको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनी शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको खेलमा टिममा थिएनन् । कुशललाई सोही खेलमा फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको मल्लले जानकारी दिनुभयो । ‘आसिफको घुँडाको सिटी स्क्यान र एमआरआई भइसकेको छ । विस्तृत रिपोर्ट आएपछि खेल्न सक्ने–नसक्ने थाहा हुन्छ,’ मल्लले भन्नुभयो…

Read More