काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस प्रवेशको कार्यक्रममा नेकपा एमालेको कारबाहीमा परेका ओखलढुङ्गाका एमाले नेता खेम मिश्र काँग्रेसमा प्रवेश गरेका छन् ।
मिश्र कारबाहीमा पर्नुअघि नेकपा एमाले चम्पादेवी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटी ओखलढुङ्गाका सचिवालय सदस्य रहेका थिए । उनीसँगै एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चका सदस्य कविता मिश्र (अधिकारी) सोमबार काँग्रेसमा प्रवेश गरेकी छिन ।
पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले समन्वय गरेर मिश्रलाई काँग्रेस प्रवेश गराएका हुन् । स्थानीय निर्वाचनमा बागी उठेपछि मिश्रलाई एमालेले कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।