Author: सूचनापाना

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएलगत्तै शनिबार दिउँसो अध्यक्ष ठाकुर देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल केन्द्रित हुने बताइएको छ । यसैबीच, लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । विजुलीबजारस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेश निर्वाचनको आन्तरिक तयारीबारे विस्तृत छलफल हुने बताइएो छ ।

Read More

लस एन्जलस । अमेरिकाको क्यालिफोर्नियामा शुक्रवार एक व्यक्तिले ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’ अस्पतालको आकस्मिक कक्षमा पसी आक्रमण गर्दा तीनजना स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन्। लस एन्जलसको प्रहरी विभाग (एलएपीडी)का अधिकारी ड्रेक मेडिसनका अनुसार आक्रमणकारी अपराह्न ४ बज्नुभन्दा केही मिनेटअघि सान फर्नान्डो भ्यालीस्थित ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’मा पुगेका थिए। प्रहरी अधिकारीले आक्रमणकारीले तीनजना चिकित्साकर्मीमाथि छुरा प्रहार गरे र एक घण्टासम्म अस्पतालभित्रै घुमिरहे। एम्बुलेन्स विभागका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका तीनैजनालाई ट्रमा सेन्टरमा लगिएको छ। गत बुधबार पनि सशस्त्र व्यक्तिले ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएका थिए।

Read More

फुङ्लिङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् । जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा एमालेले बहुमत जुटाएको छ । एक मात्र फुङ्लिङ नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस्तै गठबन्धनले सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरेको…

Read More

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपाली औसत आयु ६९.७ वर्ष रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए । यसभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष बनाइएको छ ।

Read More

काठमाडौँ । सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (शुक्रबार) सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन नमिल्ने उल्लेख गरिएको छ । वैदेशिक रोजगार व्यवस्थापन सङ्घीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियमन, व्यवस्थापन र कल्याणकारी काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट भएको पत्रमा उल्लेख गरिएको छ । ‘वैदेशिक रोजगार ऐन २०६४, स्थानीय सरकार सञ्चालन ऐन २०७५ बमोजिम भगिनी सम्बन्धको आधारमा…

Read More

रियो डि जेनेरिया । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ। अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ। गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन्। यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन्। त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पुर्‍याएको छ। यहाँका सयौँ घर भासिएका छन्। उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ।…

Read More

काठमाडौँ । सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात् भोलि (शनिबार) सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । भोलि शनिबारसमेत परेको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको छ । उक्त दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

Read More

काठमाडौं – लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी क्या राम्री’को भिडियो सार्वजनिक गरिएकाे छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो । जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन् ।  प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् । ५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् ।  https://youtu.be/5Ql_TIiVqQY

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने बताएका छन् । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल प्रयोग गरेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि मेयर शाहले बताए । उनले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । यस क्रममा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरेका छन् ।…

Read More

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटेसँगै बढेको गाडी भाडा पनि घटेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो। यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेलमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ। सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो।

Read More