Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बंगलादेशमा रासायनिक कन्टेनर डिपोमा आगलागीमा ४० जनाको मृत्यु

    बंगलादेशमा रासायनिक कन्टेनर डिपोमा आगलागीमा ४० जनाको मृत्यु

    By सूचनापाना२२ जेष्ठ २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    ढाका । दक्षिणपूर्वी बंगलादेशको एक निजी रासायनिक कन्टेनर डिपोमा शनिबार राति भएको भीषण आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै ४५० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले आइतबार सो जानकारी दिएका हुन्।

    SuchanaPana.com

    चटगाउँको सीताकुण्ड उपजिल्लाको कदमरासुल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा शनिबार राति आगलागी भएको हो।

    ‘अहिलेसम्म ४० वटा शव शवगृहमा सारिएको छ’, चटगाउँ मेडिकल कलेज अस्पताल ९सीएमसीएच० मा तैनाथ एक प्रहरी अधिकारीले पत्रकारहरूलाई भने। ‘रेड क्रिसेन्ट युथ चटगाउँ’का स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामलाई उद्धृत गर्दै ‘ढाका ट्रिब्युन’ ले भन्यो, ‘यो घटनामा ४५० भन्दा बढी घाइते भएका छन्, तीमध्ये कम्तीमा ३५० जनालाई चटगाउँ मेडिकल कलेजमा राखिएको छ।

    इस्लामले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका व्यक्त गरे। ‘द डेली स्टार’ अखबारका अनुसार चटगाउँका जिल्ला कमिशनर अशरफुद्दिनले मृतकका परिवारलाई ५० हजार टका र २० हजार टका सहायता दिइने बताए।

    प्रधानमन्त्री शेख हसिनाले उक्त घटनाप्रति दुःख व्यक्त गरेकी छन्। घटनाको छानबिन गर्न अधिकारीले उच्चस्तरीय छानबिन समिति गठन गरी आगामी तीन दिनभित्र प्रतिवेदन बुझाउन आदेश दिएका छन्।

    शनिबार राति करिब ९ बजे कन्टेनर डिपोमा आगलागी भएको सीएमसीएच प्रहरीचौकीका प्रहरी नायब निरीक्षक नुरुल आलमले बताए।

    दमकलले आगो निभाइरहेका वेला पुनः विस्फोट भएपछि आगो फेरि फैलिएको थियो। कन्टेनर डिपोमा रहेको रसायनका कारण आगलागी भएको हुन सक्ने नुरुलले बताए।

    उनले राति १२स्४५ बजे ठूलो विस्फोट भएको र एउटा कन्टेनरमा रहेको रसायनका कारण आगो अर्को कन्टेनरमा फैलिएको बताए।

    यो सम्बन्धमा एक प्रत्यक्षदर्शीका अनुसार आगलागी भएपछि दमकल, प्रहरी र अन्य उद्धारकर्ता घटनास्थलमा पुगेको बताए। त्यसपछि एकपछि अर्को कन्टेनरमा विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो।

    विस्फोटका कारण घटनास्थल वरपरका घरका झ्यालका सिसा फुटेका छन्।

    सीताकुण्ड इलाकामा भएको घटनास्थलमा पत्रकारहरुसँग कुरा गर्दै दमकलका प्रमुख ब्रिगेडियर जनरल मोहम्मद मैनुद्दिनले भने, ‘डिपोमा रहेको कन्टेनरमा हाइड्रोजन पेरोक्साइड जस्ता विभिन्न प्रकारका केमिकल राखिएको थियो र तिनै रसायनका कारण आगलागी भएको देखिन्छ।’

    बीएम कन्टेनर डिपोका निर्देशक मुजिबुर रहमानले आगलागीको कारण थाहा नभए पनि कन्टेनरबाट आगो फैलिएको दाबी गरे। रहमानले डिपोमा करिब ६०० जनाले काम गर्ने बताए। बंगलादेशमा बारम्बार आगलागीका घटना भइरहेका छन्।

    ‘द डेली स्टार’ले रहमानलाई उद्धृत गर्दै भनेको छ, ‘घाइतेहरूको राम्रो उपचार गरिने सुनिश्चित गर्छौँ। उपचारको सबै खर्च हामीले व्यहोर्ने छौँ। दुर्घटनामा घाइते भएकालाई अधिकतम क्षतिपूर्ति दिइनेछ। हामी सबै पीडित परिवारको जिम्मेवारी लिनेछौं।’

    दमकल सेवाका अनुसार त्यस क्रममा दमकल विभागका तीन कर्मचारीको पनि मृत्यु भएको छ। मृतकको परिचय खुल्न बाँकी छ।

    गत वर्ष देशको दक्षिणमा एउटा डुङ्गामा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो। गत वर्ष ढाका नजिकको रूपगञ्जमा रहेको एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो। सन् २०२० मा तेल ट्याङ्कीमा विस्फोट हुँदा तीनजनाको ज्यान गएको थियो।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु

    १० आश्विन २०८०, बुधबार

    श्रीलङ्कामा तीन अर्ब असी करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

    २३ भाद्र २०८०, शनिबार

    इटालीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता

    २१ श्रावण २०८०, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले…

    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार, सुनसहित एकजना पक्राउ

    ६ मंसिर २०८०, बुधबार

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

    ६ मंसिर २०८०, बुधबार

    तीनकुने सामुहिक हत्याका अभियुक्त भण्डारीको बयान: घटनास्थलमा आउने अन्तिम व्यक्तिलाई नमारी भागेकोमा पश्चाताप छ

    २६ आश्विन २०८०, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (फोटोफिचर)

    ७ मंसिर २०८०, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.