Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जिसस रामेछापका लागि माओवादीलाई फकाउँदै काँग्रेस र एमाले

    जिसस रामेछापका लागि माओवादीलाई फकाउँदै काँग्रेस र एमाले

    By सूचनापाना२२ जेष्ठ २०७९, आईतवार

    रामेछाप । स्थानिय तहको निर्वाचनमा निर्वाचित दलहरुले बहुमत ल्याउन नसक्दा जिल्ला समन्वय समितिको नेतृत्व लिन नेपाली काँग्रेस र नेकपा एमालेले नेकपा माओवादीलाई फकाउन थालेको छ ।

    SuchanaPana.com


    अव बन्ने जिल्ला समन्वय समितिको नेतृत्व चयन हुन दुई राजनितिक दलहरु बिच तालमेल हुन आवश्यक भए पछि काँग्रेस र एमाले माओवादी फकाउन व्यस्थ देखिन्छ ।


    जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तह रहेको रामेछापमा नेपाली काँग्रेसको तर्फवाट ७, नेकपा एमालेको तर्फवाट ६ र नेकपा माओवादी केन्द्रवाट ३ जना उम्मेदवारहरु स्थानिय तहमा निर्वाचित भएका छन् ।
    नेपाली काँग्रेसको तर्फवाट रामेछाप नगरपालिकामा प्रमुख र उपप्रमुखगरि २, गोकुलगंगा गाउँपालिकाको प्रमुख र उपप्रमुखगरि २, लिखु तामाकोशी गाउँपालिकाको प्रमुख १, उमाकुण्ड गाउँपालिकाको उपप्रमुखमा १ र दोरम्वा शैलुङ्ग गाउँपालिकाको उपप्रमुखमा १ गरी ७ जना उम्मेदवार निर्वाचित भएका छन् ।


    त्यसैगरी नेकपा एमालेको तर्फवाट मन्थली नगरपालिकामा प्रमुख र उपप्रमुखगरि २, उमाकुण्ड गाउँपालिकामा प्रमुख १, लिखु तामाकोशी गाउँपालिकामा उपप्रमुख १ र खाँडादेवी गाउँपालिकाको प्रमुख र उपप्रमुख २ सँगै ६ जना उम्मेदवार निर्वाचित भएका छन् ।


    त्यस्तै नेकपा माओवादी केन्द्रवाट दोरम्वा शैलुङ्ग गाउँपालिकाको प्रमुखमा १ र सुनापति गाउँपालिकाको प्रमुख र उपप्रमुख २ गरी ३ जना उम्मेदवार निर्वाचित भएका छन् ।


    स्थानिय निर्वाचनमा कुनै पनि दलको बहुमत नपुगेपछि तालमेल गरेर जिल्ला समन्वय समिति गठन गर्ने तयारीमा लागिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ बताउँछन ।
    नेपाली काँग्रेस रामेछापका सचिव दिपक खड्का पनि माओवादीसँग तालमेल गरेर समन्वयको नेतृत्व गर्ने बताउँछन । उनि भन्छन – केन्द्रीय तहमा जिससको निर्वाचनमा गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ । सोही अनुरुप सिट बाँडफाँडमा सहमति जुटाएर माओवादीसँग सहकार्य हुन्छ ।


    नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले भने समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसँग ठबन्धन गरेर अघि जाने विषयमा अनौपचारिक छलफल भइरहेको बताएका छन । केन्द्रदेखि स्थानीय तहसम्म नै गठबन्धन रहेकाले जिससको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने उनको भनाई छ।


    जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसको तर्फवाट शुबाष महत र चिना कार्कीको नाम चर्चामा रहेको छ । त्यसैगरी नेकपा एमालेको तर्फवाट तुलप्रसाद कडेल र भोजराज कडरियाको नाम चर्चामा छ भने नेकपा माओवादी केन्द्रको तर्फवाट प्रेम सागर थापाको नाम चर्चामा रहेको छ ।

    जिसस निर्वाचनमा रामेछापमा आठ स्थानीय तहका प्रमुख उप्रमुखले मतदान गर्नेछन् ।जिल्ला समन्वय समिति रामेछापको निर्वाचन जेष्ठ २९ गते हुने भएकाे छ ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.