Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जिसस रामेछापका लागि माओवादीलाई फकाउँदै काँग्रेस र एमाले

    जिसस रामेछापका लागि माओवादीलाई फकाउँदै काँग्रेस र एमाले

    By सूचनापाना२२ जेष्ठ २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । स्थानिय तहको निर्वाचनमा निर्वाचित दलहरुले बहुमत ल्याउन नसक्दा जिल्ला समन्वय समितिको नेतृत्व लिन नेपाली काँग्रेस र नेकपा एमालेले नेकपा माओवादीलाई फकाउन थालेको छ ।

    SuchanaPana.com


    अव बन्ने जिल्ला समन्वय समितिको नेतृत्व चयन हुन दुई राजनितिक दलहरु बिच तालमेल हुन आवश्यक भए पछि काँग्रेस र एमाले माओवादी फकाउन व्यस्थ देखिन्छ ।


    जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तह रहेको रामेछापमा नेपाली काँग्रेसको तर्फवाट ७, नेकपा एमालेको तर्फवाट ६ र नेकपा माओवादी केन्द्रवाट ३ जना उम्मेदवारहरु स्थानिय तहमा निर्वाचित भएका छन् ।
    नेपाली काँग्रेसको तर्फवाट रामेछाप नगरपालिकामा प्रमुख र उपप्रमुखगरि २, गोकुलगंगा गाउँपालिकाको प्रमुख र उपप्रमुखगरि २, लिखु तामाकोशी गाउँपालिकाको प्रमुख १, उमाकुण्ड गाउँपालिकाको उपप्रमुखमा १ र दोरम्वा शैलुङ्ग गाउँपालिकाको उपप्रमुखमा १ गरी ७ जना उम्मेदवार निर्वाचित भएका छन् ।


    त्यसैगरी नेकपा एमालेको तर्फवाट मन्थली नगरपालिकामा प्रमुख र उपप्रमुखगरि २, उमाकुण्ड गाउँपालिकामा प्रमुख १, लिखु तामाकोशी गाउँपालिकामा उपप्रमुख १ र खाँडादेवी गाउँपालिकाको प्रमुख र उपप्रमुख २ सँगै ६ जना उम्मेदवार निर्वाचित भएका छन् ।


    त्यस्तै नेकपा माओवादी केन्द्रवाट दोरम्वा शैलुङ्ग गाउँपालिकाको प्रमुखमा १ र सुनापति गाउँपालिकाको प्रमुख र उपप्रमुख २ गरी ३ जना उम्मेदवार निर्वाचित भएका छन् ।


    स्थानिय निर्वाचनमा कुनै पनि दलको बहुमत नपुगेपछि तालमेल गरेर जिल्ला समन्वय समिति गठन गर्ने तयारीमा लागिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ बताउँछन ।
    नेपाली काँग्रेस रामेछापका सचिव दिपक खड्का पनि माओवादीसँग तालमेल गरेर समन्वयको नेतृत्व गर्ने बताउँछन । उनि भन्छन – केन्द्रीय तहमा जिससको निर्वाचनमा गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ । सोही अनुरुप सिट बाँडफाँडमा सहमति जुटाएर माओवादीसँग सहकार्य हुन्छ ।


    नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले भने समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसँग ठबन्धन गरेर अघि जाने विषयमा अनौपचारिक छलफल भइरहेको बताएका छन । केन्द्रदेखि स्थानीय तहसम्म नै गठबन्धन रहेकाले जिससको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने उनको भनाई छ।


    जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसको तर्फवाट शुबाष महत र चिना कार्कीको नाम चर्चामा रहेको छ । त्यसैगरी नेकपा एमालेको तर्फवाट तुलप्रसाद कडेल र भोजराज कडरियाको नाम चर्चामा छ भने नेकपा माओवादी केन्द्रको तर्फवाट प्रेम सागर थापाको नाम चर्चामा रहेको छ ।

    जिसस निर्वाचनमा रामेछापमा आठ स्थानीय तहका प्रमुख उप्रमुखले मतदान गर्नेछन् ।जिल्ला समन्वय समिति रामेछापको निर्वाचन जेष्ठ २९ गते हुने भएकाे छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.