Author: सूचनापाना

काठमाडौं । आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको छ । स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन् । सुरक्षाकर्मीहरूको टोली घटनास्थलतर्फ गईरहेका छन् । आइतबार बिहान पोखराबाट जोमसोमतर्फ गएको विमान उडेका केही मिनेटपछि सम्पर्क विहिन भएको थियो । आइतबार दिनभर खोजी गर्दा पनि विमान फेला परेको थिएन । सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हिमालय उद्धारकर्ताहरूको टोली विमान खोजीमा परिचालन गरिएको थियो । विमानमा १३ नेपाली, चार भारतीय, २ जर्मन नागरिक यात्रु…

Read More

लमजुङ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो । सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि ट्रिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोही ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेसहित सो आयोजनाका सुपरभाइजर र सहयोगी रहेका छन् । त्यसैगरी…

Read More

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने व्यबस्था गरेको छु,’ मन्त्री शर्माले भने । यस्तै, मृर्गौला प्रत्यारोपण गरेका तथा डाइलोसिस गराइरहेका व्यक्तिहरु, सबै प्रकारका क्यान्सर रोग निधान भएका व्यक्तिहरु, मेरुदण्ड, पक्षघात भएका विरामीलाई औषधी खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन एक अर्ब ५० करोड रुपैयाँ छुट्टयाएको उनले जनाए ।

Read More

काठमाडौं । सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् । हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई नै दिने व्यवस्था गरेको हो ।

Read More

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ । निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हाउजिङमा विदेशी लगानीको मागलाई सरकारले नयाँ बजेटमार्फत सम्बोधन गरेको हो । निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट अब विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न पाइने व्यवस्था गरिने अर्थमन्त्री जर्नादन शर्माले घोषणा गरे ।

Read More

काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चुरे संरक्षण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । यस्तै सरकारले हरियाली प्रवर्द्धन गर्ने अन्तर्गत देशभर १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने पनि उनले बताए । ।

Read More

काठमाडौं । सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए ।

Read More

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको हो ।  मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Read More

काठमाडौं – तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरकाे भनाइ छ ।  तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाइ राखिएको जनाएको छ । मौसममा सुधार आएपछि खोजीकार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ । हराएको जहाजको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली पनि स्थलमार्गबाट त्यसतर्फ प्रस्थान छ ।पोखराबाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन…

Read More

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिवारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिवार साँझ प्रकाशन गरेको हो । परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए । परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भए पनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको छ ।

Read More