Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बोटल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम आज देखि

    बोटल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम आज देखि

    By सूचनापाना१९ जेष्ठ २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । बोटल तथा जारको पानीका उद्योगी तथा उपभोक्ताहरूका लागि नयाँ नियम लागू गरिएको छ । नेपाल बोटल वाटर उद्योग संघले बोटल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम आज बिहीबारदेखि लागु गरेको हो ।

    SuchanaPana.com

    पानीको गुणस्तर मापदण्ड पुरा गरेका पानीमा मात्रै स्टिकर टाँसिने भएकाले स्टिकर टाँसिएका बोटल तथा जारको पानी मात्रै प्रयोग गर्न संघले आग्रह गरेको छ ।

    पानीको गुणस्तरमाथि पटक–पटक प्रश्न उठेकाले गुणस्तरहिन पानीको बिक्री वितरण न्यूनीकरण गर्न संघले स्टिकरको व्यवस्था गरेको संघका अध्यक्ष ध्रुव गौतमले जानकारी दिनुभयो ।

    संघले संसदीय समिति र सरकारका विभिन्न निकायहरूसँग समन्वय गरेर गुणस्तर परीक्षण गरी स्टिकर टाँस्ने व्यवस्था बिहीबार आजदेखि सुरु गरेको उहाँले बताउनुभयो ।

    संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव गोकुल थापाले गुणस्तर परीक्षण नगराएका वा गुणस्तर परीक्षण गर्दा मापदण्ड पुरा नगरेकाहरूले स्टिकर टाँस्न नमिल्ने जानकारी दिनुभयो ।

    “गुणस्तरको मापदण्ड पुरा गरेका कम्पनीहरूलाई ‘बारकोड स्टिकर’ दिएका छौं,’ मापदण्ड पुरा नगरेकाहरूले पाएका छैनन्,” उहाँले भन्नुभयो । संघमा अहिले काठमाडौ उपत्यकाका मात्रै १ सय ८२ पानी कम्पनी आबद्ध रहेको र ती सबैको पानी परीक्षण हुने गरेको उहाँले बताउनु भयो ।

    गुणस्तर परीक्षण गरिएका मध्ये केही उद्योगको पानी गुणस्तरहिन देखिएको जानकारी दिँदै उहाँले त्यस्ता उद्योगलाई स्टिकर नदिइएको स्पष्ट पार्नुभयो । संघका अध्यक्ष गौतमले कुनै जार वा बोटलको पानी बारे कुनै गुनासो वा उजुरी भएका प्रमाणसहित संघमा जानकारी गराउन पनि आग्रह समेत गर्नुभएको छ ।

    “हामी जसरी हुन्छ, पानी उद्योगलाई जिम्मेवार, व्यवस्थित र विश्वसनीय बनाउन चाहन्छौँ, त्यसका लागि पानीको गुणस्तर परीक्षण गरी बारकोड स्टिकर टाँस्ने व्यवस्था गरेका हौँ,” अध्यक्ष गौतमले भन्नुभयो ।

    उहाँले उपभोक्ताको हितलाई मुख्य प्राथमिकता दिएर यस व्यवसायलाई पवित्र, सम्मानित र आलोचनारहित बनाउनका लागि संघले प्रयास गरिरहेको बताउनुभयो । पेट्रोलियम पदार्थको मुल्यबृद्धिसँगै अधिकांश बस्तु तथा सेवाको मूल्यवृद्धि भएपनि पानीको मूल्यवृद्धि भने नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।

    “इन्धनको मूल्य यवृद्धिका कारणले बोटल तथा जारको पानीको लागत, ढुवानी र सञ्चालन खर्चबढे पनि हामीले मूल्य बढाएका छैनौँ, बरु गुणस्तर बढाउन ध्यान दिएका छौँ,” अध्यक्ष गौतमको दाबी छ ।

    संसदीय समितिको निर्देशन अनुसार संघले एक लिटरको बोटलको पानीको अधिकतम मूल्य २० रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम मूल्य ५० रुपैयाँ तोकिएको गौतमले जानकारी दिनुभयो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी…

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

    ९ जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.