Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तारा एयर दुर्घटना : राजनकुमारले अभिभावकलाई मुक्तिनाथ पुर्‍याउनै पाएनन्

    तारा एयर दुर्घटना : राजनकुमारले अभिभावकलाई मुक्तिनाथ पुर्‍याउनै पाएनन्

    By सूचनापाना१६ जेष्ठ २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    जनकपुरधाम । तारा एयरको विमान दुर्घटनामा आइतबार धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । मिथिला नगरपालिका–११ लोटा टोलका राजनकुमार गोेलेसहित एकै परिवारका सात जनाको मृत्यु भएको हो ।

    SuchanaPana.com

    मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ्ग र तुलसादेवी काठममाडांैमा बस्दै आएका थिए । उनीहरु स्थानीय तह निर्वाचनका लागि भोट हाल्न गाउँ आएका थिए । राजनकुमारकी श्रीमती र छोराछोरी काठमाडौंमैै बस्ने भएकोले उनी पनि ओरहदोहर गरिरहन्थे । 

    निर्वाचन सकिएपछि राजनकुमार पारिवारसहित शुक्रबार गाउँबाट पोखरा गएका थिए । शनिवार दिनभर पोखरामै बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्न पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमानमा चढेका थिए । मृतक राजनकुमारका बहिनी ज्वाई मदन लामाका अनुसार उनीहरू घरबाटै मुक्तिनाथ दर्शन गर्ने योजना बनाएर गएका थिए ।

    यता, मिथिला नगरपालिका–११ का वडाध्यक्ष वेदबहादुर कार्कीले एकै परिवारका सात जनाको मृत्यु खबरले पुरै गाउँ शोकमा डुबेको बताए । ‘घटना भएको खबर पाएलगत्तै डर, भव्य थियो । कोही बाच्छन् की भन्ने आशा थियो । भागवानसँग हामीले प्रार्थना पनि गरिरहेका थियाैं ।,’ वडाध्यक्ष कार्कीले भने, ‘तर, सोमबार बिहानै खबर आयो की विमानमा चढेका एक जना पनि रहेनन् ।’ उनीहरूको शव गाउँ ल्याउने अवस्थामा नरहेकोले र दाहासंस्कार उतै हुनसक्ने उनले बताए ।

    यसैबीच, घटनाको जानकारी पाएलगत्तै मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो मृतकका परिवारजनको घरमा पुगेका छन् । मन्त्री महतो संघीय मन्त्री हुँदा राजनकुमार स्वकीय सचिव रहेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.