Author: सूचनापाना

काठमाडौं । नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेहरुमध्ये केहीले आरोहण गरिसकेका छन् भने केही आरोहण गर्ने क्रममा रहेका छन् । आरोहणको लागि स्वीकृति लिनेमध्ये ७७३ जना पुरुष र २१३ जना महिला छन् । पयर्टन विभागका अनुसार नेपालका हिमाल आरोहणको लागि अनुमति लिने विदेशीमा सबैभन्दा बढी अमेरिकी रहेका छन् । यसवर्ष हालसम्म १३८ जना अमेरिकीले नेपालका हिमाल आरोहण गर्न अनुमति लिएका छन् । अमेरिकीपछि ठूलो संख्या बेलायतीहरुको…

Read More

पोखरा । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् । उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

Read More

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे ।  निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वाेच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ । निजगढबाट १५ मिनेटमै सर्लाही पुगिने र पूर्व–पश्चिम राजमार्गमा जोडिएको सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने साहको जोड छ । बिहीबार सर्वाेच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको भोलिपल्टै शुक्रबार उनले मौखिक रुपमा संसदमा…

Read More

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुुनुको कारण खोज्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले लोकतन्त्र नेताहरुले आफ्नो स्वार्थमा प्रयोग गर्दा देश विकास र समृद्ध नभएको बताए । संसदमा दलहरुको आरोप–प्रत्यारोप होइन जनताले समृद्धि खोजेको भन्दै उनले संसदमा एकले अर्काेलाई भ्रष्टाचारी भनेर आरोप लगाएको बताए । ‘एकले अर्काेलाई भ्रष्टाचारीको आरोप लगाएपछि दुवै भ्रष्टाचारी देखिए,’ महतोले भने । भूगोलको एकीकरणमात्र होइन मन पनि मिलाएर राष्ट्रियता कायम गर्नुपर्ने भन्दै उनले भने, ‘पृथ्वी नारायाण शाह भूगोल एकीकरण गरे । साझा फूलबारी बनाए । तर,…

Read More

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा काठमाडौं महानगरपालिकामा बदर मतको संख्या बढेको छ । निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा १६ प्रतिशत बदर भएको छ । काठमाडौं महानगरमा यसपटक १ लाख ९० हजार ९६२ मत खसेको थियो । खसेकोमध्ये १ लाख ५९ हजार ९०६ मत सदर र ३१ हजार ५६ मत बदर भएको छ । खसेको मतमा ८४ प्रतिशत सदर र १६ प्रतिशत बदर भएको छ । यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २२७ मत खसेको थियो । खसेको मतमध्ये…

Read More

रुपन्देही । रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ। डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट ट्यांकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के-कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो । आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र…

Read More

रामेछाप । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा रामेछापमा एक वडा अध्यक्ष १ मतले हारेका छन् । सुनापती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार कुङगे लामाले एक मतले हार ब्यहोर्नु पुगेका हुन् । लामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार कुल बहादुर थिङ संग लामा एक मतले पराजय ब्यहोरेका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार थिङले ८ सय ३४ मत ल्याएर बिजय भए भने कांग्रेस उम्मेदवार लामाले ८ सय ३३ मत मात्र ल्याए ।

Read More

काठमाडौं ।नेपालका राजनितिक दलहरूको दबदबालाई तोड्दै काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर बालेन्द्र साह ‘बालेन’ विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार साहले नेपाली कांग्रेसको उम्मेदवार सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा विजयी भएका हुन् । बालेनले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् । त्यस्तै काठमाण्डौ महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् ।…

Read More

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । काँग्रेसका रामकृष्ण खाँण एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए । मेयरमा निर्वाचित खाँण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग गठबन्धन गरेको कांग्रेसले यसपटक माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले…

Read More

यदि तपाईं गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउनुहुन्छ र त्यस क्रममा तपाईंका निजी जानकारीहरू लिक भएभने गुगलले त्यस विषयमा तपाईंलाई सचेत गराउनेछ । यसका लागि गुगलले पासवर्ड चेकअप टूलको सहयोग लिनेछ । अलर्टका रुपमा गुगल असिस्टेन्ट प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्ने तथा बलियो पासवर्ड राख्ने सल्लाह दिइनेछ । कम्पनीले Google System update v22.18 को अपडेट एन्ड्रोइड फोनका लागि २३ मे मा जारी गरेको हो । यो अपडेट गुगल प्ले सर्भिसको माध्यमबाट जारी गरिएको छ । गुगलले गुगल प्ले स्टोर खघण्।घ अपडेट पनि जारी गर्दै विभिन्न बगको समस्या समेत समाधान गरेको जनाएको छ । Google System update v22.18 को अपडेटमा सेक्योरिटी तथा प्राइभेसीमा…

Read More