घरको कान्छो सन्तान छोरा होस् या छोरी सम्भवत: सबैका पुल्पुलिएकै हुन्छन् । माया धेरै भएपछि नपुल्पुलिउन् पनि कसरी ? म सात वर्ष कि छँदासम्म घरकी कान्छी छोरी । सात वर्षपछि बहिनी पो जन्मिईन् । बच्चै भएकाले होला बुवा आमाको माया सदाबहार उस्तै लाग्थ्यो र उस्तै पनि गर्नु हुन्थ्यो ।
जब मलाई बुवाले स्कुल जान भन्नुहुन्थ्यो, तब म साथीको घरमा गएर लुकेर बसिदिन्थें । स्कुल जान नमानेर बुवा आमालाई हैरान बनाईदिन्थें । स्कुल जान्न भन्दै रोएर बसिदिन्थे । दिनचर्या त्यसैगरी बित्थ्यो । अनि बहिनी चार वर्ष लागि र म ११ वर्ष । बहिनीलाई बुवाले १ कक्षामा भर्ना गरिदिनु भयो । त्यसपछि बहिनीको हेचविचार गरी स्कुल लिएर जान कर लाग्यो । एक दुई महिना त्यसैगरी गए । त्यसपछि बुवा भारत जानु भयो । ढुंगो खोज्दा देवता भेटे सरि भयो मलाई । पहिल्यैदेखि आमाको भन्दा बुवाको डर लाग्ने । बुवा नै घरमा नभए पछि डर भर कसैको भएन ।
आमाको गाली त एक कानले सुन्थे अर्को कानले उडाईदिन्थे । सधैँ साथीहरुसँग खेलेर नै दिन बित्दै गयो । सायद म मा कुनै ज्ञान नभएर पनि होला बुवा भारतमै बसिदिनुभए हुन्थ्यो जस्तो लाग्थ्यो ।
बिस्तारै मेरो उमेर पनि बढ्दै गयो । नपढे पनि उमेर सँगै केही जिम्मेवारी थपिन थाले । जुन बेला म १८ बर्ष लागिसकेकी थिँए । बिस्तारै घरमा बिहेको कुरा आईरहेको हु्न्थ्यो । बिहेको कुरा आउँदा पनि म खासै सुने पनि नसुनेझैं गरी बस्थे ।
नपढिकनै बरालिएर हिँडेकै उमेरमा मैले कसैलाई माया गर्न थालिसकेकी थिँए । म जसलाई माया गर्थे उसले पनि मलाई असाध्यै माया गर्थ्यो । हामी एकअर्का विना बाच्नै नसक्ने भइसकेका थियौ । अल्लारे मगजमै सगैँ जिउने सँगै मर्ने बाचा कसम खाइसकेका थियौं ।
एकदिन म घर नजिकैको मेला गएकी थिएँ, एक्कासी छाती चर्कियो… सुन्थें सन्तानले आमाको दूध खान खोज्दा आमाको छाती चर्किन्छ भन्ने, आज भोगें ।
एकदिन अचानक फेरि घरमा बिहेको कुरा चल्यो । केटा एकदम असल अनि राम्रो परिवार छ, पछि हट्न हुन्न भन्दै विवाहको लागि मलाई बुवा आमाले भन्नुभयो । मामाघरका अरु इष्टमित्रलाई पनि केटा मन परेकाले उहाँहरुले पनि यहि केटासँग विवाह गर्दा हुन्छ भन्दै विवाहको कुरालाई अघि बढाउन आग्रह गर्नुभएछ ।
बाँकी निर्णय मेरो हातमा थियो । बुवा आमाको चाहना विपरित गएर बिहे गर्दिनँ भनौ पनि कसरी ? नभनौ त म अरु कसैको माया वर्षौ विताईसकेकी थिए । तर, यो कुरा आमा बुवालाई भने थाहा थिएन । त्यसपछि मलाई नै थाहा नदिकन बिहेको कुरा अघि बढाउनु भएछ । जुन कुरा मैले थाहा पाएपछि उनलाई भने, ‘घरमा विहेको कुरा टंग्याउँनु भएछ, अब के गर्ने ?’ उनले भने, ‘बुवा आमाले हेर्दिनु भको घर पक्कै नराम्रो हुन्न । ठिकै छ, पाउनु मात्रै माया होईन गुमाउनु पनि त माया होनि लाटी, हामी श्रीमान् श्रीमती हुन नसकेपनि एक अर्काबीच एउटा असल साथि बन्न सक्छौं नि ।’ उनको त्यति कुरा सुनिरँहदा मेरो आँखा आसँुले भरिए । उस्लाई केही जवाफै नदिइकन घर फर्किएँ ।
मनले केही छुट्याउन सकिरहेकी थिईन । विहेको अन्तिम समय पनि आईसकेको थियो । कसैलाई केही सुनाएर हुने पनि केही थिएन । अन्ततः घरपरिवारले खोजेकै केटासँग बिहे गर्ने निर्णय गरे ।
समय बित्दै गयो र मेरो बिहेको कार्यक्रम पनि सकियो । त्यसपछि म एउटा घरको गृहिणी भए । बिहान उठ्ने दैलोकसेर गर्ने, गाइबस्तुलाई कुँडो पानी गर्ने अनि घरको काम सकेर फेरि घासँकाट्न जाने र खाना पकाउने । दिउँसो पनि घामपानी नभनि खेतवारीकै काम गरिरहनु पर्ने । अनि बेलुका तल गोठमा बाँधेका गाईवस्तुलाई घासँपात गरी साझँमा बल्ल घर उकालो लाग्थे । यसरी नै मेरो दैनिकी अघि बढ्यो ।
वल्लाघरे हरिकाकाको छोराको पनि भर्खर–भर्खर विवाह भएको थियो । उहाँको छोरा बैंकमा जागिर खानु हुन्थ्यो । अनि बुहारी स्कुल पढाउनु हुन्थ्यो । त्यस बेला हामी दुवै गाउँका नयाँ बुहारी, अनि उमेर पनि मिल्दो जुल्दो, तर उस्को र मेरो दैनिकी भने आकाश पाताल फरक । त्यसपछि मलाई पहिला नपढ्दाको झल्को मस्तिष्कमा पटकपटक आउन थाल्यो । उस बेला बुबाले भनेको मानेर खुरु–खुरु पढेको भए आज म पनि कलम चलाएर आफ्नो जीवन निवार्ह गर्न सक्थे होला, भन्दै मन मनै पश्चाताप गर्न थाले । त्यसै गरी दैनिकी अघि बढिरहेको थियो, हेर्दा हेर्दा मेरो बिहे भएको पनि तिन वर्ष बितेछ ।
तीन वर्षको बीचमा घरमा बच्चाको विषयमा कुरा त नआएको होइन केही समय त नसुनेझै गरी बसेँ । घरमा प्रायः कुरा नै त्यहि हुन्थ्यो । अरु सबैको नाति–नातिना छन् । हाम्रो भने यतिका वर्ष भइसक्यो बिहे भएको नि खोई अहिलेसम्म बच्चा जन्माईन् भनेर सासुआमाले भन्नु हुन्थ्यो । मैले त्यो कुरालाई सुने नसुने झैं गर्थे ।
एउटै प्रश्न, ‘के जन्माईस् ? ।’ मन सम्हाल्न सकिनँ, तर पनि अरुका अगाडी आँसु लुकाएँ । अनि सोधे, ‘आउन भ्याउनु हुन्छ कि नाई ?’ उहाँले भन्नु भयो, ‘म नआए को आउँछ तेरो ? कि कोही छ आउने ?’
त्यसपछिका दिनहरुमा मेरो अगाडि खासै भन्नु भएन तर छरछिमेकीहरूसँग मेरो बुहारीबाट बच्चा हुदैन कि जस्तो लाग्छ भन्नु हुदो रहेछ । आफ्नै घरपरिवारले नै यस्तो भन्न थालेपछि टोल छरछिमेकी देखि लिएर चिनेजानेका सबैले भेट हुने वित्तिकै यहि विषयमा कुरा निकाल्न थाले । म मौन हुन्थे र मुटुमाथि ढुंगा राखि मुसुक्क मुस्कुराई दिन्थे मात्र । छरछिमेकीको समुहमा नै कतिले त योबाट बच्चा नै हुँदैन भनेर सिधा भनिदिनु हुन्थ्यो ।
मैले ती कुराहरुलाई अनेक बाहना बनाएर टारिदिन्थे, तर एक्लै हुँदा कहाँ मन मान्थ्यो र चुप लागेर बस्न । अनेकौँ विकल्प मनले खोजिरहन्थ्यो । त्यसपछि मैले श्रीमान्लाई केही कुरा सम्झाए, तत्पश्चात् हामी श्रीमान् श्रीमती डाक्टरको परामर्शसहित अघि बढ्यौ । बेला–बेलामा चेकजाँच गराईरह्यौँ ।
एक दिन डाक्टरले ढिलो चाँडो तपाई आमा बन्नुहुन्छ भन्नुभयो । जुन दिन हाम्रो खुसीले सिमा नाघ्यो । अनि त्यही कुरा घरमा पनि सुनाए । सबै जना खुसी नै हुनुभयो । जुन खुसीको सुरुवात अब त चाँडै हुन्छ होला भन्नेमा म पनि विस्वस्त हुन थाले । तर दिन वित्दै गयो परिवारमा खुसीको आगमन होईन परागमन पो हुन थाल्यो । जुन बेलासम्म श्रीमान् पनि मसँग रुष्ट हुन थालिसक्नु भएको थियो । जसकारण श्रीमानलाई थाहा नदिकन म पुनः डाक्टरको मा गए ।
त्यतिबेलासम्म परिवारमा मेरो श्रीमानको अर्को बिहे गरिदिने कुरा चलिसकेको थियो । तर, म मा भने आमा बन्ने आत्म विस्वास जिवितै थियो । तर घर परिवारले बिहेको कुरालाई निरन्तर अघि नै बढाईरह्यो । त्यही समयको बीचमा म एक दिन फेरी डाक्टरकोमा गए, चेक अपपछि मलाई डाक्टरले बधाईदिनु भयो । विडम्वना यता मेरो घरमा श्रीमानको अर्को विहेको कुरा पनि त्यसै दिन टुंग्याउनु भएछ ।
जुन कुरा थाहा पाएपछि आकाश खसे सरी भयो, धर्ती फाटे सरी भयो । मेरो खुसीको कुरा उहाँहरुलाई थाहा त दिएँ । तर त्यो अन्तिम घडिमा मैलै परिवारको कुरा स्वीकार्न बाहेक अरु कुनै विकल्प नै थिएन । आत्महत्या गरौं जस्तो पनि लाग्यो एक पटक त । फेरी आफैँले आफँैलाई नियाले । अनि सोचे, वर्षौपछिको खुसी बल्ल त पाउँदै छु, कहाँ यो खुसीलाई मार्नु । अनि सम्झे, उहाँले अर्को बिहे गरे पनि मेरो बच्चा भएपछि त मैले पनि माया पाउँछु होला । यस्ता यस्तै विचारहरुले दिन बिताउन थाले ।
दिन बित्दै गयो । र, दिनले नौ महिना टेक्यो । जुन अवस्थामा परिवारको खोक्रो मायामात्र थियो । माईतीका बुवा आमाले फोन गरेर सोध्नु हुन्थ्यो, ‘कस्तो छ तलाई ऐलै ?’ जुन बेला मेरो गह आसुँले भरिन्थ्यो । अनि ओठमा मुस्कान भराउँदै भन्थे, ‘ठिक छ बुवा, सबैले माया गर्नुहुन्छ । सबैले मेरो ख्याल राख्नु हुन्छ ।’ यती सुन्दा बुवा आमा पनि खुसी हुनुहुन्थ्यो । यता परिवारमा भने विस्तारै मेरो वास्ता हुन छाडीसकेको थियो । सँगै मेरो गर्भावस्थाको अन्तिम समय पनि आईपुग्यो ।
सायद ज्यानलाई आरामको कमि भएकोले गर्दा होला, केही गाह्रो महसुस भएपछि म डाक्टरले दिएको समयभन्दा एक साताअघि नै म अस्पताल गए । र केही चेकअपपछि मेरो अवस्था अलि नाजुक छ भन्दै डाक्टर नर्सहरुले मलाई अस्पताल भर्ना गर्न अनुरोध गरे ।
म सँग पैसा त थिएन तर बिहे अघि नै आमाले कानमा लगाउन सुनको बेरुवा रिङ बनाईदिनु भएको थियो । त्यसैलाई बेचेर आफ्नो अवस्था आँफै सुल्झाउने निर्णय गरें । अनि घरकालाई फोन गरे । अरु कस्लाई गरौं त । सबैभन्दा पहिले श्रीमानलाई नै गरे, उठाउनु भएन, सासु आमालाई गरे उहाँले पनि उठाउनु भएन, म अस्पताल आएको त उहाँहरुलाई राम्रै थाहा थियो, फेरी श्रीमानलाई फोन गरे, बल्ल अन्तिम घण्टीमा उहाँले फोन उठाउनु भयो, अनि उहाँले फोन उठाउने बित्तिकै सोध्नुभयो, ‘के जन्माईस् भन् ?’ उहाँको त्यो शब्द सुनेर म छाँगाबाट खसे सरह भए । तर पनि मैले नम्रसँग भने, ‘डेलिभरी समय त अझै एक हप्ता बाँकी छ, तर म मा जोखिम छ रे, मलाई अस्पताल भर्ना गर्नु भन्नुभाछ डक्टरले ।’ यति भन्न पाउँदा नपाउँदै उहाँले भन्नुभयो, ‘त्यै त खोज्न गकि होस् नि त । बस्न त छोरा जन्माएपछि आउँला ।’ अनि फोन काट्नु भयो ।
दुःखले पनि परकाष्टा नाघेसरह लाग्यो । हिङ नभएपनि हिङको टालो छ नि भन्दै माईतीमा फोन गरे । जुन बेला मैले बुवा आमाको कुरा नकार्न खोजेकी थिएँ, त्यो समय झल्झली सम्झिएँ । भनेको सुनेकी थिएँ, बुवा-आमाले भनेको ठाउँमा बिहे गरियो भने दुःख पर्दा भन्न पाईन्छ रे, त्यही सम्झिँदै आमालाई आफ्नो अवस्था सुनाएँ ।
श्रीमानले सोध्नु भयो ‘कुन ठाउँमा बस्छौ ?’ मैले भने ‘बालकुमारी’ उहाँले भन्नु भयो, ‘काठमाडौं आउन पर्ने काम छ, आमा विरामी हुनु भको पनि धेरै भयो, कान्छी माईत गर बसेकी छे दुई महिना हुन आँट्यो ।’
चैतको महिना गर्मी उस्तै अनि कामको चटारो उत्तिकै, तर मेरो अवस्था सुन्न साथ आमा र बहिनि आउने निर्णय गर्नुभयो । फेरी मनले घरलाई नसम्झि बस्न पनि सकिनँ, अनि श्रीमानलाई फोन गरे, पहिलो घण्टिमै फोन उठाउनु भयो अनि दोहोरियो एउटै प्रश्न, ‘के जन्माईस् ? ।’ मन सम्हाल्न सकिनँ, तर पनि अरुका अगाडी आँसु लुकाएँ । अनि सोधे, ‘आउन भ्याउनु हुन्छ कि नाई ?’ उहाँले भन्नु भयो, ‘म नआए को आउँछ तेरो ? कि कोही छ आउने ?’
मैले भने आमा र बहिनि आउँदै हुनुहुन्छ अरु केही बोल्न सकिनँ । आफ्नो अवस्थादेखी आँफैलाई बाँच्न बेकार लाग्यो । मरौं भने पेटभित्रको बच्चालाई जन्म दिने ठूलो रहर छ, अनि बाँचौं भने कसैबाट साहारा पाउने आस देखिनँ । सोच्दा–सोच्दै आँखामा कालो बादल लागे जस्तो भयो र एक्कासी चक्कर लाग्यो । म त्यही ढलेछु, होसमा आउँदा म अस्पतालको बेडमा रहेछु । अनि वरिपरि माईती र घरमा परिवार ।
त्यसपछि मलाई प्रसुती पीडाको महसुस बढ्दै गयो । सायद मेरो पुकार भगवानले पनि सुन्नु भयो होला । मेरो डेलिभरी नर्मल भयो । र छोरी जन्मिइ । मलाई मेरो पेटको बच्चालाई जन्म दिने ठूलो रहर थियो, छोरा-छोरी जे भएपनि । माईती पक्ष त खुसी नै हुनु भयो, तर घरका परिवारको अनुहार उडेको रंग सरी भयो ।
दुई दिनपछि मलाई डिस्चार्ज गर्ने कुरा भयो र दुवै दिन दुवै परिवार बस्नु भयो । डिस्चार्ज आमाले मलाई माईती लान्छु भन्नुभयो तर श्रीमान् नमाने जस्तो गर्नुभयो । मैले पनि आमालाई केही समयपछि आउँला भनेर सम्झाएँ । सासु श्रीमानसँग घर गएँ । मलाई थाहा थिएन श्रीमानको अर्को बिहेको मिति तय भैसकेको छ भनेर ।
पीडा खप्ने बानी परिसकेको भएर होला हस् भनेँ । घर फर्कदा जुन जीवन विताउँछु भनेर आएको घर मेरा लागी नौलो बनिसकेछ । दुई महिनाको सुत्केरी त उहाँहरुको घरको काम गर्ने नोकर सरी भएँ म ।
बिहे हुन लगभग महिना दिन बाँकी रहेछ । मलाई जुन बेला माया ममता र स्याहारसुसारको आवश्यकता परेको थियो त्यती बेला नै अझै बेसाहारा भएँ । श्रीमान त बोल्न पनि खोज्नुहुन्थ्यो । सासु आमाले पनि आफ्नो हेरविचार आफै गर् हामी भ्याउदैनौं भनेर दिनदिनै भन्न थाल्नु भयो । घरको मायाविहिन भएँ म ।
श्रीमानको अर्को बिहेको दिन नजिकियो र मलाई माइत जान आग्रह गरे । तर, मैले अलिपछि जान्छु भन्दै अटेर गरे । आफूलाई जति सम्हाल्ने कोसिस गरे पनि भित्रभित्रै गलिसकेको थिएँ । आफ्नै भाग्यलाई दोष दिन बाहेक अरु केही गर्न सकिनँ । मैले छोरी जन्माएको एक महिनाको अन्तरालमा श्रीमानको बिहे भयो ।
एक महिनाको सुत्केरी अवस्थामा आफ्नै आँखा अघि श्रीमानको अर्को बिहे भएको देख्ने नारी सायद मै मात्र होला । यो कुरा मेरो श्रीमानको दोस्रो ससुरालीलाई पनि थाहा नभएको भने होईन । थाहा भएर पनि उहाँहरुले यो कुरालाई नकार्न सक्नु भएन । जे नहुनु थियो तै भैसक्यो अब पीर लिएर के नै हुन्छ र भन्दै म माईत गएँ ।
उता पनि एक महिनाको बसाईमा बुवा आमाले पीर लिनु हुन्छ भनेर घरको कुनै विषय उठाईनँ । तर बुवा आमालाई पनि थाहा नभएको भने होईन । आमाले त कति पटक तेरो भाग्य नै यस्तै रहेछ भनेर भन्नु पनि भएको थियो । एक महिनाको माईती बसाई पछि घर फर्किए । एक महिनाको माईती बसाईमा मलाई घरबाट जम्मा एकपटक मात्र सम्झिनु भयो । मैले भने फर्किने बेला लिन आउनु भनेर कल गरे, उसबेला पनि व्यवहार उस्तै, ‘गाडीमा आईज अनि तलसम्म लिन आउँला’ …
पीडा खप्ने बानी परिसकेको भएर होला हस् भनेँ । घर फर्कदा जुन जीवन विताउँछु भनेर आएको घर मेरा लागी नौलो बनिसकेछ । दुई महिनाको सुत्केरी त उहाँहरुको घरको काम गर्ने नोकर सरी भएँ म ।
श्रीमानको उस्तै रुखो व्यवहार, सौताको छड्के हेराई, सासुको मनपरि । तर, नन्द आमाजुले भने आएको बेला राम्रै व्यवहार गर्नु हुन्थ्यो । दुई दिन आएर राम्रो गर्नेको आस लिएर पनि के नै हुन्थ्यो र ।
जसोतसो दिनहरू बिताउँदै थिए, छोरी पनि बिस्तारै हुर्कँदै थिइ, आफ्नो बनेको मेलापात मेरा लागि नौलो थिएन, सुत्केरी भएको ११ दिनबाहेक खेतबारीका काम मेरा आफ्नै थिए । यसैबीच एकदिन म घर नजिकैको मेला गएकी थिएँ, एक्कासी छाती चर्कियो… सुन्थें सन्तानले आमाको दूध खान खोज्दा आमाको छाती चर्किन्छ भन्ने, आज भोगें । छोरी रोएको सुने, हतारहतार घरमा आउँदा सासु, श्रीमान् र उहाँकी कान्छी श्रीमती (सौता) पनि सँगै हुनुहुँदो रहेछ, छोरीको रोदनलाई बेवास्ता गर्दै । हतार–हतार छोरी काखमा लिएँ, मन थाम्न सकिनँ, मुटु फुट्ला सरी भक्कानियो, खासमा छोरी भोकाएर रोएकी रहिछे । पहिले पनि मेलापात जाँदा त्यस्ता दिनहरु भोग्दै आईरहेकी थिएँ । तर, त्यस दिन बढि नै मन दुख्यो र माईतीमा बहिनीलाई फोन गरेँ अनि बहिनिसँगै काठमाडौं जाने निर्णय गरेँ ।
एक महिनाको सुत्केरी अवस्थामा आफ्नै आँखा अघि श्रीमानको अर्को बिहे भएको देख्ने नारी सायद मै मात्र होला । यो कुरा मेरो श्रीमानको दोस्रो ससुरालीलाई पनि थाहा नभएको भने होईन । थाहा भएर पनि उहाँहरुले यो कुरालाई नकार्न सक्नु भएन ।
बहिनी काठमाडौं बस्न थालेको दुई वर्ष भैसकेको थियो, त्यस्कै साहाराको आस गरेँ । अनि घरमा बहाना बनाएँ, ‘बुवा विरामी भएर हस्पिटल लानु भको छ रे, म पनि एक पटक भेट्न जान्छु’ भनेर सासु र श्रीमान्लाई भने, कुनै उत्तर दिनु भएन । आफ्नो मनलाई कठोर बनाएँ र भोलिपल्ट विहानै बहिनीसँगै बस चढेँ, बसबाट डाँडापाखा आँखाले भ्याउन्जेल नियालेँ ।
जुन बेला मलाई विरानो त त्यो पराई शहर होईन आफ्नै पाखा पखेरी लाग्दै थियो । मनमा कुरा खेलाउँदा खेलाउँदै छ घण्टाको यात्रापछि काठमाडौंको कोटेश्वर भन्ने ठाउँ आईपुगेछ र हामी त्यही उत्र्यौं । फेरी बहिनीको डेरा बालकुमारीसम्म जान टेम्पु चढ्यौं । बहिनी पनि मौन थिई, फगत मेरो अनि छोरीको अनुहार हेर्दै ।
विचरी, बहिनी भएर पनि दिदीको जिम्मेवारी लिन बाध्य थिइ, उमाथि म सँगै मेरी छोरीको समेत जिम्मेवार थपिएको थियो । दिन बित्दै गयो डेराको बसाई हप्ता बित्यो, महिना बित्यो । बहिनी भने काममा जान्थी । आफू दिउँसो कोठामा एक्लै । शहरका सुकिला मुकिला मान्छेहरुसित नजिक गएर बोल्न पनि आँट आउँदैनथ्यो । र पनि विस्तारै आत्मबल बढाएँ अनि वल्लोपल्लो डेराका साथीहरुसँग चिनजान गरेँ । वास्तविकता खुलाउने आँट ममा आएन, मात्र शिवाय कामको थोरै आशमात्रै ।
भोलिपल्ट एउटा आन्टीले सोध्नु भयो, ‘कति पढेकी छेउ ? रिसेप्सनको काम गर्न सक्छौं ?’ । म मौन भएँ, के हो रिसेप्सन भनेको ? अनि मैले भने, खै आन्टी म विचार गर्छु । बहिनी बेलुका अफिसबाट घर आई र उनलाई सोधेँ । बहिनी खिस्स हाँसी र भनिन्, ‘अंग्रेजी बोल्न आउँछ ? रिसेप्सनमा काम गर्न त पढे लेखेको हुनुपर्छ ।’
विना काम डेरामा बसेको पनि महिना दिन बित्यो । अशिक्षित हुनुको पीडा त्यति बेला महसुस गरे जब जागिर पाउँदा पनि खान सकिनँ । त्यसपछि घरबाट एक दिन श्रीमानले फोन गर्नु भयो, फोन उठाए उहाँको पहिलो वचन… ‘अर्कैसँग गईस् कि मलाई दुःख दिन बसिराछेस् ?’ मैले फोन काटेँ । किनकि बोलेर फाईदा पनि थिएन । मुद्दा लडेर अंश लिएर गाउँ बसौं भने छोरीको भविष्य देखिनँ । गाउँको जग्गा जमिन त बाह्र वर्षपछि गए पनि आफ्नै हुन्छ भन्ने सुनेकी थिएँ । म पनि त्यही भनाई अनुसार अघि बढे । अरु काम केही नपाएपछि अरुको घरमा भाँडा मोल्ने, कपडा धने, घर बनाउने ठाउँमा काम गर्न थाले ।
छोरी पनि तीन वर्ष कि लागि । स्कुल भर्ना गरिदिएँ । ज्याला मजदुरी काम गरेरै भएपनि छोरीलाई अरुको तुलनामा केही कमी हुन दिइनँ । दैनिकी त्यसैगरी चलिरह्यो १६ बर्षमा छोरीले एसएलसी दिई । छोरी पनि साह्रै ज्ञानी थिई । आमाको दुःख बुझेकी थिई शायद, त्यसैले भनेको सबै मान्थि । सायद भगवानले पनि हाम्रो दुःखलाई हेरिरहनु भएको थियो होला । पढ्नलाई पनि ध्यान दिन्थी । छोरी एसएलसीमा नेपालको प्रथम भईन् । सबैतिर चर्चा भयो बधाईको ओइरो आयो ।
विभिन्न टेलिभिजनले अन्तर्वार्ताका लागि बोलाउन थाले । उक्त अन्तर्वार्तामा छोरीले मेरो ममीलाई पनि लाने भन्दै अनुरोध गरिन् । त्यो अन्तर्वार्ता घरकाले पनि हेर्नु भएछ । सँगै छरछिमेकीले पनि थाहा पाउनु भएछ । र फोन गर्न थाल्नु भयो । केही छरछिमेकीको फोनपछि श्रीमानको फोन आयो । फोन उठाएँ, सिधै सोध्नु भयो ‘कहाँ छे मेरी छोरी’ म केही बोलिनँ, छोरीलाई फोन दिएँ, छोरीले उल्टै फोन काटि पो दिईन् । मनले मानेन मैले पुनः कल गरे, श्रीमानले सोध्नु भयो ‘कुन ठाउँमा बस्छौ ?’ मैले भने ‘बालकुमारी’ उहाँले भन्नु भयो, ‘काठमाडौं आउन पर्ने काम छ, आमा विरामी हुनु भको पनि धेरै भयो, कान्छी माईत गर बसेकी छे दुई महिना हुन आँट्यो ।’ अनलाईनन्युज७ बाट साभार ।
–क्रमशः..