काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन् ।
‘यो नियमित प्रक्रिया हो । पहिले पनि हामीले छ महिना भनेका थियौँ,’ अध्यक्ष नेपालले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सुरुदेखि नै छ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो ।’