मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याएको छ ।
वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुलमा क्षति पुर्याएको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।
मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षती पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ । अब यातायात आवत जावतमा बैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।
मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बताए। । राति पुलमा क्षति पुगेको थाहा पाएपछि एका बिहानै फट्टे पुगेका नगरपालिकाका मेयर तामाङले मर्मतको काम तत्काल गर्न निर्देशन दिएका छन् ।