काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग काठमाडौमा उजुरी दिएको छ ।
अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको उजुरीमा छ । युवा संघमा अवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ?इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ ।