काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा युवक र युवती गरी २ जना मृत फेला परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले सोमबार बिहान फर्पिङको जंगलमा युवक र युवती गरी २ जनाको शव फेला परेको जानकारी दिए ।
मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उमेरले २०–२२ वर्षको देखिने दुवैको पहिचान भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।