फुङ्लिङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् ।
एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् ।
जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा एमालेले बहुमत जुटाएको छ ।
एक मात्र फुङ्लिङ नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
यस्तै गठबन्धनले सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरेको छ । सत्ता गठबन्धनतर्फ केही स्थानीय तहको कार्यपालिकामा नेकपा ९एकीकृत समाजवादी० बाटसमेत प्रतिनिधित्व भएको छ । एमालेले भने मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको छ ।
यता स्थानीय तहको कार्यपालिका सदस्य चयनको प्रक्रिया सम्पन्न भएसँगै अब जिल्ला सभा तथा समन्वय समिति चयनको प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि भने गठबन्धनसँग बहुमतको रहेको छ । नौ स्थानीय तहमध्ये छ मा गठबन्धन दल निर्वाचित भएको छ ।
गबन्धनतर्फ निर्वाचित हुनेमा काँग्रेसका एक प्रमुख र तीन अध्यक्ष, दुई उपाध्यक्ष, माओवादीका दुई अध्यक्ष, तीन उपाध्यक्ष र एकीकृत समाजवादीका एक उपाध्यक्षसमेत मत सङ्ख्या १२ रहेको छ ।
एमालेसँग तीन अध्यक्ष, एक उप्रमुखस र दुई उपाध्यक्षसमेत मत सङ्ख्या छ रहेको छ ।