काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
काउन्सिलले बिहीबारदेखि शनिवारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिवार साँझ प्रकाशन गरेको हो ।
परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।
परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् ।
परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भए पनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको छ ।