Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी नेपाली काँग्रेस बनेको छ भने दोस्रो ठूलो पार्टी नेकपा एमाले बनेको छ । जिल्लामा रहेको २ नगरपालिका र ६ गाउँपालिका मध्ये नेपाली काँग्रेसले रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकामा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । त्यस्तै गरी लिखुतामाकोशी गाउँपालिकामा प्रमुख, उमाकुण्ड गाउँपालिका र सुनापती गाउँपालिकामा उपप्रमुखमा जित हात पारेको छ भने जिल्लामा रहेको ६४ वडा मध्ये २४ वटा वडामा जित हात पारेर नेपाली काँग्रेस जिल्लाको सबै भन्दा ठूलो दल बनेको छ ।नेकपा एमाले जिल्लामा दोस्रो ठूलो दल बनेको छ । नेकपा एमालेले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा प्रमुख उपप्रमुख पदमा बिजय…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक रहेको बताउँदै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् । लिङदेनले बढाइएको मूल्य तत्काल फीर्तागर्न माग गरेका छन् । उनले पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको नुनर्विचार गरी मूल्य नियन्त्रण गर्न र विद्युत उत्पादन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् । ‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौ ।’ निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निश्पक्ष निर्वाचन हुने दाबी पनि उनले…
काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो । त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०र१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।
बैतडी । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । वडा अध्यक्षले परिश्रमिक नलिने र साे रकम वडाबासीकाे विद्युत महशुलमा खर्च गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, ‘हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् ।…
ढाका । बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् । बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन् । भारतको उत्तरपूर्वी भागबाट आएको बाढीको पानीले बराक नदीको ठूलो तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए । ‘बाढीबाट २ लाख मानिस बिचल्लीमा परेका छन्’, उनले भने । यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए ।
काभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । शपथ ग्रहण कार्यक्रम आफूहरूसँग सल्लाह नगरी गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् । १४ वडा रहेको बनेपामा काँग्रेसले प्रमुख सहित ६ वडा अध्यक्ष सहित २९, एमालेका उपप्रमुख, ७ वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । एकीकृत समाजवादीका १ वडाध्यक्षसहित ५ जनप्रतिनिधि निर्वाचित छन् । नगरप्रमुखमा निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिएका छन् । शाक्यले निर्वाचित जनप्रतिनिधिहरूलाई शपथ खुवाएका छन् ।
धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
सिरहा – सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो । सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर करिब १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए । उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो, । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने आशंका गरिएको उनले बताए। घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरूको…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कारसम्बन्धी अपराधमा हद म्यादको व्यवस्था विना अलमल फेर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय सार्वजनिक भएको घटनामा सरकारले अनुसन्धान सुरु गरिसकेकाले त्यसबाट अन्यायको अनुभूति हुने कुनै आभाष हुन दिन नहुने बताए । महामन्त्री शर्माले शनिवार सामाजिक सञ्जालमा टिप्पणी गर्दै जनताले आवश्यक पर्दा राज्य सत्ता र संविधान समेत बदलेका भन्दै जनताका लागि पर्दा राज्यको सोच र कानुन बदल्न आवश्यक हुने बताए । शर्माले लेखेका छन् ‘कानुनका लागि न्यायलाई बलि दिने कि न्यायका लागि कानुन बदल्ने रु द्विविधाको प्रश्नै छैन । बलात्कार जस्तो जघन्य अपराधमा कारबाही गर्न हदम्यादको कानुनी जटिलता, बिना अलमल बदल्नु पर्छ ।…
काठमाडौँ । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तहमध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आएको छ। जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी ५६ पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा एमालेले २६ पालिकामा प्रमुख पद जित्दा नेकपा माओवादी केन्द्रले २५ पालिमा प्रमुख पद जितेको छ। यस्तै नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित ५ पालिकामा प्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टी र राप्रपाले समान १(१ पालिकामा प्रमुख पद जितेका छन्। अब बागमती प्रदेशमा ५ वटा पालिकाको नतिजा आउन बाँकी छ।