काठमाडौं ।आइतबार पनि राहदानी विभागले खुल्ने भएको छ । नेपाल सरकारले आईतबार विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च्च चापका कारण विभागले जेठ १५देखि आइतबार पनि विभाग खुला राख्ने भएको हो ।
राहदानी विभागमा सेवाग्राहीको चाप बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ ।
१५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
‘राहदानीको लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ ।