Author: सूचनापाना

मुगु । जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजय भएका छन् ।  गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए । मल्ल लाई शाही ९ सय मतान्तरले फरक पारेका छन् । गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सरिता रोकायाले ४ हजार ५४८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी हुन् । रोकायाकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २…

Read More

काठमाडौं । निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठुलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी नेपालको संविधानबमोजिम विभिन्न तहका निर्वाचनको…

Read More

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा गएरातिबाटै मतगणना रोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि भएको बिवादका कारण रौतहटको ईशनाथ नगरपालिकामा गएरातिबाटै मतगणना रोकिएको हो । अहिले ठुलो सख्यामा मतगणना स्थलमा स्थानीयबासी भेला भएका छन् । विवाद बढेपछि नेकपा ९एकीकृत समाजबादी०, नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएका छन् । मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं। ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेपछि दलका कार्यकर्ताले बिरोध गरेका हुन् । त्यसपछि मतगणना रोकिएको हो । सो वडामा लोसपाका वडाअध्यक्ष रामचन्द्र राउत सहितको प्यानलले जितेको दाबी गरिएको छ । उक्त वडाको…

Read More

चितवन । चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा नेकपा ९एकीकृत समाजवादी०ले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकिकृत समाजवादीकी उमेदवारको विजय भएको हो । वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानिया पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरुको विवरणमा कोहि पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् । बानियाले ७९६ मत प्राप्त गर्दा आचार्यले ७६१ मत प्राप्त गरे । एमाले विभाजनपछि बानिया समाजवादीतिर लागेकी थिइन् । माडीका ९ वडामध्ये अहिलेसम्म पाँच वडाको…

Read More

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन मंगलबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ । यो बजेट अधिवेशन हो । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको ११औँ र राष्ट्रियसभाको १२औँ अधिवेशन अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । संसद् सचिवालयले भोलिका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत सम्भावित कार्यक्रम छ…

Read More

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, झापा-५ । यहाँ चारवटा पालिका छन् । जसमा दुई गाउँपालिका र दुई नगरपालिका छन् ।  २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले कमल र दमक जितेको थियो । यसपटक भने एमाले एउटा स्थानीय तहमा मात्र अग्रस्थानमा छ । अन्य स्थानीय तहमा भने दोस्रो स्थानमा छ । झापाको निर्वाचन क्षेत्र नम्बर ५ का पालिका प्रमुखहरूमा एमाले विगतको तुलनामा कमजोर देखिएको छ । दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा अगाडी छन् । यहाँ एमालेकी गीता अधिकारी दोस्रो स्थानमा छ । कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह…

Read More

खोटाङ । काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो । हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् । बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ६ हजार २०७ मत पाएका छन् ।बालेनले अग्रता कायमै राखेका छन् । बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् ।

Read More

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन ।लालझाडी गाँउपालिका अध्यक्षमा निर्मल राना र उपाध्यक्षमा सपना चौधरी दुवै एमालेकै उम्मेदवार निर्वाचित भएका हुन । एमालेका निर्मल रानाले निकटतम प्रतिद्वन्दी माओवादीका मदनसेन बडायकलाई १ हजार ६३१मतको अन्तरले हराउँदै निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन । रानाले ४ हजार, ५१६, माओवादीका बडायकले २ हजार ८५८मत ल्याएका थिए । भने काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४६८मत ल्याएका थिए ।यस अघि ०७४को चुनावमा एमालेका निर्मल राना हराउँदै माओवादीका बडायक अध्यक्ष भएका थिए । अहिले ०७९ मा एमालेका रानाले माओवादीका बडायकलाई हराउँदै अध्यक्ष भएका छन । यस्तै उप प्रमुखमा पनि एमालेकै सपना चौधरी…

Read More

खोटाङ । अरुणादेवी राई गाउँपालिका प्रमुख जित्ने पहिलो महिला बनेकी छिन । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भए सँगै पहिलो महिला अध्यक्ष बनेकी हुन । २०७४ को स्थानिय निर्वाचनमा एमालेबाट निर्वाचित अध्यक्ष शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी गाउँपालिकाको अध्यक्ष बनेकी छिन ।अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए । नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका यसपालिकामा उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर बिजयी भएका छन् । एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भए।

Read More