Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सिन्धुपाल्चोकको सबै तहको परिणाम सार्वजनिक, कांग्रेस पाँच, माओवादी चार, एमाले तीन        

    सिन्धुपाल्चोकको सबै तहको परिणाम सार्वजनिक, कांग्रेस पाँच, माओवादी चार, एमाले तीन        

    By सूचनापाना६ जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

    SuchanaPana.com

    कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ  । 

    जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक-एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । 

    चौतारा साँगाचोकगढी  प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नाै हजार ७२६ मत ल्याएर निर्वाचित भएकी छन् । नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । 

    बाह्रविसे  प्रमुखमा कांग्रेसका बालकृष्ण बस्नेत सात हजार ७२८ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा नेपाली कांग्रेसकै मञ्जु तामाङ ६ हजार ९७७ मत ल्याएर निर्वाचित भइन् । 

    मेलम्ची  प्रमुखमा कांग्रेसका  आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी हासिल गरिन् । नगरपालिकामा कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो । 

    जुगल गाउँपालिका  अध्यक्षमा  माओवादी केन्द्रका  रेशम स्याङ्बो पाँच हजार ५०३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ चार हजार ६८९ मत ल्याएर विजयी भए । पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । 

    त्रिपुरासुन्दरी  अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा चार हजार २२९ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकै गीताकुमारी नेपाल चार हजार १५६ मत ल्याएर विजयी भइन् ।     

    पाँचपोखरी थाङपाल मा माओवादी र कांग्रेस गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । अध्यक्षमा टासी लामा पाँच हजार ६०८ र एमालेकै सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याएर निर्वाचित भएकी छन् । यहाँ अध्यक्ष/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । 

    बलेफी  अध्यक्षमा माओवादी केन्द्रका गंगाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ चार हजार ३९४ मत ल्याएर निर्वाचित भएका छन्  । यहाँ माओवादी केन्द्र र समाजवादीबीच  तालमेल भएको थियो । 

    भोटेकोसी  अध्यक्षमा कांग्रेसका पासाङ नुर्पु शेर्पाले दुई हजार ६०५ मत ल्याए भने उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा दुई हजार ७१२ मत ल्याई निर्वाचित भएका छन् ।   

    इन्द्रावती  अध्यक्षमा एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मत ल्याएर विजयी भए । उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित भइन् । 

    लिसंखुपाखर अध्यक्षमा माओवादी केन्द्रका राजु लामा तामाङ तीन हजार ९२५ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षमा एमालेकी मिठू देवी लामाले ३२ सय ५१ मत ल्याइन् ।   

    सुनकोसी अध्यक्षमा एमालेका टपिन्द्रप्रसाद तिमल्सिनाले ५९ सय ३२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कान्छी लामा पाँच हजार ९०५ मत ल्याई विजयी भइन् । पालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

    हेलम्बु  अध्यक्षमा  कांग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई विजयी हासिल । उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछानेले ५२ सय १४ ल्याई विजयी भइन् । यहाँ अध्यक्षमा पुरानै अनुहार दोहोरिएको हो । 

    उपप्रमुख पदमा सिन्धुपाल्चोकमा एक अनुहार दोहोरिएको छ भने अरु नयाँ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा सुनिता अधिकारीलाई जनताले फेरि उपाध्यक्षमा चुनेका छन् । बाह्रविसेमा सुशीला पाख्रिनलाई उपप्रमुखक लागि फेरि एमालेले दोहोर्‍याए पनि उनी  पराजित हुनुपर्‍याे ।

    लिसंखु प्रमुख माओवादीले जित्दा उपप्रमुख भने एमालेबाट मिठुदेवी लामा निर्वाचित भइन् । सुनकोसीमा एमालेका टपेन्द्र तिमल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा कांग्रेसकी कान्छी लामाले जितिन् । बलेफीमा माओवादीले अध्यक्ष आफ्नो पोल्टामा पाउँदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भइन् । मेलम्चीमा कांग्रेसका आइतमान तामाङ प्रमुख पदमा विजयी हुँदा उमा प्रधान एमालेबाट निर्वाचित भइन्  ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज एक करोड ६३ लाख बराबरको साढे ६ क्विन्टल…

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

    १४ आश्विन २०८०, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.