Author: सूचनापाना

रामेछाप । जि्ल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल र लिखुतामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । उमाकुण्ड गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा एमालेका ङावातिण्डु शेर्पाको प्यानल नै निर्वाचित भएको छ । लिखुतामाकोसी गाउपालिका १ दुरागाउँमा पनि काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा प्रदिप कुमार तामाङको प्यानल नै बिजय भएकोछ ।

Read More

रामेछाप । निर्वाचन आयोगले स्थानिय निकायको सम्पन्न निर्वाचनको परिणामलाई प्रविधिमैत्री बनाउँदै सूचनाको पहँुच सर्व साधारण सम्म सजिलै पुर्याउने दावि गरको भएपनि रामेछापमा भने उक्त दाविले सार्थकता पाउन सकेन् ।निर्वाचनको घोषणा संग्ौ आफनो तयारीलाई बैज्ञानीक र प्रबिधियुक्त बनाउँदै अगाडी बढ्ने निणर््ाय गरेको आयोगले निर्वाचन पद्धतिलाई पनि थप ब्यवस्थीत गर्दे सूचनाको पहुँचलाई पनि आधुनिकिकरण गर्दै जाने निर्णय गरेको थियो । तर रामेछापको मुख्य निर्वाचन कार्यालयले भने आयोगको निर्देशन विपरित गएर काम गर्दा सुचना प्रर्वाहको ब्यवस्थापनमा ब्यापक कम्जोरी देखिएको छ ।जसका कारण निर्वाचनको परिणाम लिन र सार्वजनिक गर्नै कुरामा संचार माध्यम हरुलाई पनि समस्या भएको छ । मतदान अघि सम्म सूचना प्रवाहलाई ब्यवस्थित…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा सत्ता गठबन्धन पछाडि पार्दै नेकपा (एमाले)का उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ । डङ्गोलले अहिलेसम्म २ हजार मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन् । महानगरमा पाँच हजार ११५ मत गनिसकिएको छ ।

Read More

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २३३१ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३८७ मत ल्याएर पछ्याउँदैछन्। त्यसैगरि उप प्रमुख पदमा एमालेकी सावित्रा अर्यालले १४५८ मतका साथ अग्रता लिएकी छन् भने उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले १२०३ मत सहित पछ्याईरहेका छन् ।

Read More

बझाङ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहरा बिजयी भएका छन् । उनी ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ बिजयी भएकी छिन् । उनि ६७५ मतसहित विजयी भएकी हुन् । निकटम प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याइन् ।

Read More

बागलुङ ।बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माआ‌ेवादी केन्द्रका धनबहादुर बिश्वकर्मा हिमाल विजयी भएका छन् । आईतबार सम्पन्न मतगणनामा २ हजार २ सय ८५ मत ल्याएर बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९०मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार बिकले १९० मतान्तरले बिजयी भएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भीमबहादुर रोकाले ३ हजार ४ सय ३ मत ल्याएर बिजयी भएका छन् ।उनका प्रतिद्वन्द्वी एमालेका थममाया घर्तीले ५ सय ६१ले मत प्राप्त गरेका छन् । माआ‌ेवादीको उर्वर भुमिको रूपमा रहेको ताराखोला गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका पुरै जितेको थियो । २०७४ का स्थानीय…

Read More

रामेछाप । जिल्लाको आईतबार विहान सम्ममा रामेछाप जिल्लाको ६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसबाट सुनापति १ को गुन्सी,गोकुल गंगा गाउँपालिका वडा नं १ को चुचुरे र वडा नं २ को ठोसेमा नेपाली काँग्रेसका उमेद्वारहरु क्रमश धु्रर्व चौलागाइ ९ सय ३२ ,छत्र बहादुर बस्नेत ७ सय १५ ,र सुन्दर कार्कि निर्वाचित भएका छन् । ३ मध्य गुन्सीमा माओवादी केन्द्र र अन्य दुई वडामा भने नेकपा एमाले संग प्रतिस्पर्धा भएको थियो ।त्यसैगरि मन्थली नगरपालीकाको वडा नं १४ को फुलासी ,उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल,लिखु तामाकोशी गाउँपालिका १ को दुरागाउँको वडाध्यक्षमा नेकपा एमालेका उमेद्वारहरु क्रमशः…

Read More

गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका छन् । अध्यक्षमा र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले जितेका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएका छन् । उपाध्यक्ष थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशिलाले ५ हजार ५८९ मत पाइन् ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साहले १५७५ मत प्राप्त गरे ।साहको अग्रता कायमै छ । ४ हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत ल्यायकी छन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेसले हार व्यहोरेको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट उम्मेदवार बनेका नरेश भण्डारीले जितेका हुन् । डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ । एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । देउवाको गृह पालिका गन्यापधुरा–१ मा कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याएका छन् । उनीसँग कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । चन्दले ५४४ मत ल्याएका थिए । कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।

Read More