ओखलढुङ्गा – ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसको समर्थन भएको स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका छन् ।
धारा चिन्हका रुम्दालीको २४२५ मत प्राप्त गरेका छन् भने एमालेका रुपलाल तामाङको १७७४ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा कांग्रेसका आश्राचन राईले २३७९ मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १०७५ मत ल्याएका छन् । मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए ।