काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमाकाठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
२०७४ को स्थानिय निर्वाचनको मत परिणाम हेर्ने हो भने एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाबाट यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले बढी मत पाएका छन् ।
६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको १ हजार ४२७ र कांग्रेसकी सिर्जना सिंहको १ हजार १६८ मत छ ।
नक्साल क्षेत्र पर्ने वडा नं. १ बाट बालेनले ५१५ मत पाउँदा सिंहले ३३२ र स्थापितले २६१ मत पाएका छन् । यो वडामा तीन हजार तीन सय ६० मतदाता रहेकामा तीन हजार ३५४ मत खसेको छ ।