Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
धरान । धरान उपमहागरपालिकाको मेयर बन्न २० उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये सत्ता गठबन्धनका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ । स्वतन्त्र उम्मेदवारमध्ये सामाजिक अभियानमार्फत चिनिएका हर्कराज साम्पाङको उम्मेदवारीले बढी चर्चा पाएको छ । चुनाव नजिकिएसँगै राई, भण्डारी र साम्पाङ सहितका उम्मेदवार मतदाता रिझाउने अभियानमा छन् । विशेष गरी यसपटक थपिएका नयाँ मतदाता रिझाउन उम्मेदवारले बढी जोड दिएका छन् । ०७४ को चुनावमा ७९ हजार २८२ मतदाता रहेकामा यसपटक धरानमा २१ हजार ४२ मतदाता थपिएका छन् ।
२३ वैशाख, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ । स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए । तामाङ परिवार साँझ खाना खाएर सुत्न गएकाबेला एक्कासि आगलागी भएको र आगलागीका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट दुवै घरका नौ वटा सटर जलेर ध्वस्त भएका छन् । दुई वर्षीय बालक पनि जलेर घाइते भएको प्रहरीले जनाएको छ । एकै घरका चारदेखि पाँच वटा सटरमा सामग्री रहेकाले ठूलै क्षति भएको अनुमान गरिएको छ । आगलागी करिब नियन्त्रणमा आएको र कति धनमालको क्षति भयो भन्नेबारे थप अनुसन्धानपछि बाहिर…
२३ वैशाख, पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२२ वैशाख, धनकुटा । सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा तालमेलको निर्णय लिनुअघि नै धनकुटामा साझा उम्मेदवारी दिने निर्णय भइसकेको थियो । केन्द्रको निर्णय नकुरी जिल्लाका सातै स्थानीय तहमा साझा उम्मेदवार तय गर्न गठबन्धनका स्थानीय नेताहरू सहमत हुनुको पछाडि भने ०७४ को नतिजा कारण हो । अहिलेकै जस्तो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको ०७४ को चुनावमा नेकपा एमालेले धनकुटा क्लिन स्वीप गरेको थियो । सातै स्थानीय तहका पदाधिकारीसहित जिल्लाभर एमाले उम्मेदवारले जितेको खुसी मनाउन अध्यक्ष केपी शर्मा ओली धनकुटा नै पुगेका थिए । ०७४ को चुनाव अगाडि पनि धनकुटा एमालेका निम्ति अनुकूल भूमि हो । राज्य पुनर्संरचनाका क्रममा सात…
२१ वैशाख, विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गरेका हुन् । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन’ उनले भने । प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले धोका खाए पनि धोका दिँदैन’ उनले भने । अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको…
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने भएका छन्। भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लागेका हुन्। मोदी र देउवाले लुम्बिनीमा मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने र बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने परराष्ट्र मन्त्रालयले जनाएको । परराष्ट्र मन्त्री नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोज दिने कार्यक्रम छ । पहिलो पटक भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लागेका हुन् भने मोदी सोही दिन स्वदेश फर्किने कार्यक्रम छ। मोदी…
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का वाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई स्पष्टीकरण सोधेको छ । आयोजले दहाल सँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।गङ्गा दहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । गङ्गा दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरि आचारसंहिताको उल्लङ्घन गरेको आयोगको बुझाइ छ ।
मतदातालाई पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा
लमजुङ । मौन अवधिमा पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेकाे भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएकाे हाे । जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएकाे स्थानीय अनिता सेढाईले बताइन् । जाेशी विरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेकाे छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटना’बारे बुझ्न प्रहरीलाई भनिएकाे छ ।
रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार यमबहादुर कार्की भूपाल माथि सांघातिक आक्रमण गरेका छन् । आक्रमणबाट बडाध्यक्षका उम्मेदवार सहित तीन जना माओवादी कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये वडाध्यक्षका यमबहादुर कार्की भूपालको अवस्था गम्भीर रहेका बताइएको छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् । गए राती १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका कार्की सहितका माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेको माओवादीबाट उपाध्यक्षका उम्मेदवार विष्णु कार्कीले जानकारी दिए । निर्वाचन हार्ने निश्चित…
कोलोम्बो । श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे आफ्नो ज्यान जोगाउन एक नौसैनिक ब्यारेकमा पुगेका छन्। बिबिसीले सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार उनी उत्तर-पूर्वमा रहेको नौसैनिक ब्यारेक पुगेका हुन्। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्कामा नागरिकहरू आन्दोलित छन् ।श्रीलंकामा पछिल्लो समय हिंसात्मक प्रदर्शनहरू तीव्र भइरहेका छन्। स्थिति नियन्त्रणमा लिन सरकारले कर्फ्यू घोषणा गरेको छ भने लुटपाट गर्नेहरूमाथि सिधै गोली हान्ने अधिकारसहित सेनालाई खटाएको छ। आगजनी र लुटपाटका घटना रोकिएका छैनन्। प्रदर्शनकारीहरूले राजापाक्षे परिवार र अहिलेको अवस्था आउनमा जिम्मेवार ठानिएका अरू नेताहरूको सम्पत्तिलाई लक्षित गरी आगजनी गरिरहेका छन्। बुधबार राति लगातार दोस्रो रात श्रीलंकामा आगजनी र लुटपाटका घटना भएका छन्। राष्ट्रपति गोटवाया राजापाक्षेले…