काठमाडोँ — खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै भएको झडप मा खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् ।मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।
दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।