हुम्ला । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ ।
नाम्खा गाउँपालिका-६ लिमीका सुनखानी आधारभूत विद्यालय, भृकृटी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको निर्वाचन आयोगले जनाएको छ ।
चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट मतपेटिका र कर्मचारी समेत मतगणना स्थल नपुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
नाम्खा गाउँपालिका ६ को लिमी मतदान केन्दको हेलिकप्टरबाट मतपेटिका कर्मचारी भोलिमात्रै ल्याइने छ ।
चंखेली गाउँपालिका-५ को नेप्काबाट मतपेटी सहित कर्मचारी हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुतिनन्द रावलले जानकारी दिए ।