मनाङ । नेकपा एमालेले मनाङको चामे गाउँपालिकाबाट जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जितेकाछन् ।उनले ३२० महित पाएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाएका थिए ।
चामेको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत पाइन् ।