मनाङ । नार्पाभूमि गाउँपालिकाको जीत सँगै नेपाली काँग्रेसले खाता खोलेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।
लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो
भने ३५ मत भने बदर भएको छ ।