सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा ६ राउण्ड गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेको थियो । विवादपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो ।
गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ ।
धनकौलमा मतदानस्थल कहाँ राख्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भनेको स्थानमा मतदान केन्द्र असन्तुष्ट बनेका समूहले बिहानै विवाद र ढुंगामुढा गरेका थिए ।