रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुमको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिच झडप हुँदा मतदान स्थगित भएको हो ।
दुई पार्टीका कार्यकर्ताहरु बिच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रण लिन ७ राउन्ड हवाई फाएर गरेको थियो । अहिले उक्त मतदान केन्द्रमा मतदान स्थगीत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताए ।
त्यसैगरी खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरवास मतदान केन्द्रमा मतदाता को नाम नमिलेको भन्दै विवाद हुँदा अहिले उक्त केन्द्रको मतदान प्रक्रिया पनि स्थगित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।
त्यसैगरी दोरम्वा शैलुङ्ग गाउँपालिकाको मानपुर मावि मतदान केन्द्रमा पनि दुई पक्षिय झडप हुँदा प्रहरीले स्थिती नियन्त्रण लिन १ राउण्ड हवाई फायर गरेको छ । सो मतदान केन्द्रमा पनि अहिले मतदान प्रक्रिया स्थगीत भएको छ ।
त्यस्तै मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदान स्थलमा पनि झडप हुँदा प्रहरीले ३ राउन्ड हवाई फाएर गरेको छ । अहिले उक्त मतदान केन्द्रमा पनि मतदान प्रक्रिया स्थगित भएको छ ।