म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बेग प्रसाद गर्वुजा मगर विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै लक्ष्मी पुन विजयी भएका छन् ।
गर्वुजामगरले ३ हजार ९१ मत पाएर विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९ सय ७० मत प्राप्त गरी पराजित भएका छन् ।
उपाध्यक्ष जितेकी लक्ष्मी पुनले ३ हजार १६७ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका पिपला बुढाले ३ हजार १३९ मत पाएका छन् ।