Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

    ५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

    By सूचनापाना१२ जेष्ठ २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

    SuchanaPana.com

    तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ गरेको हो ।

    उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटेल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।

    पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ ।

    काठमाडौँमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिस्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । सार्वजनिक घटना अनुसार २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका–१० स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।

    त्यसपछि अर्कै विद्यालयमा पढिरहेकी छात्रालाई बिहे गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरी दिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

    ‘होस्टेलमा बसेका बेला मेरो छातीमा समस्या देखियो, त्यसको उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुभएको थियो’ सामाजिक सञ्जालमा ती किशोरीले भनेकी छन्, ‘बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर उसले अस्पताल लैजानुको साटो मलाई होटेल लग्यो ।’

    बाबुआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपलले घरपरिवारको पनि विश्वास जितेको उनको भनाइ छ । तर त्यही विश्वासको आडमा अस्पताल लैजान्छु भनेर उनले होटेलमा ‘स्कुलको पोसाक च्यातेर बलात्कार’ गरेको पीडितको भनाइ छ ।

    ‘उसले मलाई केही खान भन्यो, मैले मानिन । म डराइरहेको थिएँ, पसिना आइरहेको थियो’ उनले भनेकी छन्, ‘उसले मलाई यता आऊ यहाँ गर्मी हुँदैन भनेर कोठातिर जान भनेको थियो, म त्यति वेला १५ वर्षकी थिएँ ।’

    कोठामा गएपछि उनले ताला ढोका लगाएर जबरजस्ती करणी गरेको उनको भनाइ छ । ‘उसले यसको भिडियो पनि बनाएको थियो र मलाई पटक पटक त्यो भिडियो देखाएर ब्ल्याकमेल गरेको थियो’ उनले भनेकी छन्, ‘एसइई दिउन्जेलसम्म उसले बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटे पनि मलाई बलात्कार गर्‍यो ।’

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.