काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद सम्बोधनमा झण्डै तीन घण्टा खर्चिएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले अधिकांश समय सरकारको विरोध गर्न खर्चिएका छन् ।
चुनावमा धाँधली गरेर, बम पड्काएर एमालेलाई निषेध गरेर चुनाव जितेकोदेखि सरकारले दण्डहीनताको राजनीति चलाएको समेत ओलीले आरोप समेत लगाए ।
आगामी आर्थिक वर्ष २०७९-८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी गरे ।
सरकारको नीति तथा कार्यक्रम आशै आशको पुलिन्दा भएको आरोप लगाए । सोही अवसरमा ओलीले तथ्याङ्क नभएर मिथ्याङ्क प्रस्तुत गरेको समेत आरोप लगाए ।