Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ओलीको निर्वाचन क्षत्रेका चार पालिका मध्ये एकमा मात्र एमालेको अग्रता

    ओलीको निर्वाचन क्षत्रेका चार पालिका मध्ये एकमा मात्र एमालेको अग्रता

    By सूचनापाना२ जेष्ठ २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, झापा-५ । यहाँ चारवटा पालिका छन् । जसमा दुई गाउँपालिका र दुई नगरपालिका छन् । 

    SuchanaPana.com

    २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले कमल र दमक जितेको थियो । यसपटक भने एमाले एउटा स्थानीय तहमा मात्र अग्रस्थानमा छ । अन्य स्थानीय तहमा भने दोस्रो स्थानमा छ । 

    झापाको निर्वाचन क्षेत्र नम्बर ५ का पालिका प्रमुखहरूमा एमाले  विगतको तुलनामा कमजोर देखिएको छ । दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा अगाडी छन् । यहाँ एमालेकी गीता अधिकारी दोस्रो स्थानमा छ । कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह राई मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा छन् ।

    गौरीगञ्जमा गठबन्धनविनै चुनावी प्रतिस्पर्धा भइरहेको छ । यहाँ अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशीले अग्रता लिइरहेकी छन् । अघिल्लो पटक गौरादह नगर प्रमुख जितेको कांग्रेसले पछिल्लो मत गणनामा अहिलेसम्म दोस्रो स्थानमा छ । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले अग्रता लिएका छन् । कांग्रेसका रोहित साहले उनलाई पछ्याउँदै छन् । 

    दमकमा गणना भइसकेका वडा नम्बर १ , २ र १० मध्ये दुई वडामा एमालेले जित निकालेको छ भने एउटामा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा एमालेका हरि न्यौपाने, २ मा प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका छन् भने १० मा कांग्रेसका राजेन्द्र भण्डारी विजयी भएका हुन् । 

    त्यस्तै गौरादहको वडा नम्बर १ मा एमालेका नगेन्द्र भण्डारी र २ मा गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल कोइराला वडाध्यक्षमा विजयी भएका छन् । कमलका ३ वडामा गणना सकिँदा एउटा वडामा एमाले र दुई वडामा गठबन्धनले जित हासिल गरेको छ । वडा नम्बर १ मा गठबन्धनका केदार कटुवाल , २ मा एकीकृत समाजवादीका अशोक लिम्बु र ३ मा एमालेका अग्नि कोइरालाले वडाध्यक्ष पद जितेका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.