रामेछाप । जिल्लाको आईतबार विहान सम्ममा रामेछाप जिल्लाको ६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसबाट सुनापति १ को गुन्सी,गोकुल गंगा गाउँपालिका वडा नं १ को चुचुरे र वडा नं २ को ठोसेमा नेपाली काँग्रेसका उमेद्वारहरु क्रमश धु्रर्व चौलागाइ ९ सय ३२ ,छत्र बहादुर बस्नेत ७ सय १५ ,र सुन्दर कार्कि निर्वाचित भएका छन् । ३ मध्य गुन्सीमा माओवादी केन्द्र र अन्य दुई वडामा भने नेकपा एमाले संग प्रतिस्पर्धा भएको थियो ।
त्यसैगरि मन्थली नगरपालीकाको वडा नं १४ को फुलासी ,उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल,लिखु तामाकोशी गाउँपालिका १ को दुरागाउँको वडाध्यक्षमा नेकपा एमालेका उमेद्वारहरु क्रमशः मोतिलाल तामाङ्ग,ङातिन्डु शेर्पा, प्रदिप तामाङ्ग निर्वाचित भएका छन् । उनिहरु तीनैजनाले नेपाली काँग्रेसका उमेद्वारहरुलाई पराजित गरेका हुन् ।
गोकुलगंगा गाउँ पालिका वडा नं १ चुचुरेको मत गणनामा नेपाली काँग्रसले अध्यक्ष सहित प्यानलै जितेको छ भने, । सो वडामा नेपाली काँग्रेसका छत्र बस्नेतले क्ुुल ७ सय १५ मत प्राप्त गरि विजयी भएका छन भने,उनका निकटतम् प्रतिद्धन्दि नेकपा एमालेका मिन बहादुर कार्किले ६ सय १९ मत प्राप्त गरेका थिए ।
६ वटा गाउँपालीका र २ वटा नगरपालीका रहेको रामेछाप जिल्लाको खाँडादेवी गाउँपालीकामा निर्वाचन स्थगित भएका कारण सो पालीका बाहेक अन्य पालीकामा मत गणनाको काम भईरहेको र गणनाको काममा भएको ढिलाईलाई हेर्दा परिणाम आउनका लागि करिब १ हप्ताको समय लाग्ने अनुमान गरिएको छ ।