काठमाडौं – काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा सत्ता गठबन्धन पछाडि पार्दै नेकपा (एमाले)का उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ ।
डङ्गोलले अहिलेसम्म २ हजार मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन् । महानगरमा पाँच हजार ११५ मत गनिसकिएको छ ।